नेपाल रग्बी संघलाई विश्व रग्बीको सदस्यता
वि.सं.२०७७ मंसिर ५ शुक्रवार १८:३७
1.9K
shares
काठमाडौं – नेपाल रग्बी संघले विश्व रग्बीको सदस्यता प्राप्त गरेको छ । विश्व रग्बीको १८ अक्टोबर २०२० मा सम्पन्न बैठकबाट नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता प्राप्त भएको नेपाल रग्बीले जनाएको छ ।
सन् २०१२ मा स्थापना भएको नेपाल रग्बीले २०१८ मा एसिया रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले विज्ञाप्ति गर्दै विश्व रग्बीको सदस्यता पाउनु नेपाल रग्बी खेलको विकाशको लागि गरेको मेहनतको फल भनेका छन् । यो जिम्मेवारीलाई निर्वाह गर्न नेपाल रग्बी संघ तयार रहेको विज्ञाप्तिमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19372/
वि.सं.२०७७ मंसिर ५ शुक्रवार १८:३७



















