नेपाल बैंकले दाङ्गको लमहीमा १९२ औं शाखाको सुरुवात
वि.सं.२०७७ मंसिर ५ शुक्रवार १४:३१
2.2K
shares
काठमाडौं: नेपाल बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा १९२ औं शाखाको आईतबार उद्घाटन गरेकाे छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
यससँगै नेपाल बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी व्यवसाय कर्जाको सुरुवात गरेको जानकारी गराए ।
बैंकले वार्षिक ६.९९% मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी व्यवसाय कर्जाको सिमा १० करोडसम्मको रहेको, व्यवसाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १००% सम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८०% सम्म लगानी गर्नसक्ने छ ।
नेपाल बैंकले ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै बैंकले अत्याधुनिक बैंकिग सेवा सुविधाहरु मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदानगर्दै आईरहेको छ ।
यो पनि पढ्नुहोला :https://www.akhabarnepal.com/2020/11/19316/
वि.सं.२०७७ मंसिर ५ शुक्रवार १४:३१



















