फ्रान्समा फेरि एक महिना देशव्यापी लकडाउनको घोषणा
वि.सं.२०७७ कात्तिक १३ बिहीवार ०८:०८
1.5K
shares
एजेन्सीः कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।
कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् ।
शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भएपनि विद्यालय र अत्यावश्यक उद्योग भने खुल्न दिइने भएको छ ।
वि.सं.२०७७ कात्तिक १३ बिहीवार ०८:०८




















