YouTube Link

राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

Facebook Link

काठमाडौं:  नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा २७३ दिन अवधिको लागि लगानी गर्ने जनाएको छ ।

 

राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख रुपैयाँ, विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ गरी कूल १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०७७ कात्तिक २ गतेदेखि २०७८ साउन ३२ गतेसम्म २ सय ७३ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।

 

निक्षेप लिन चाहन ईच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कात्तिक १७ गते ३:३० बजेभित्र शिलबन्दी प्रस्ताव पेश गनुपर्ने छ । राष्ट्र बैंकको आह्वान गरेको निक्षेपका लागि बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको र न्यूनतम पूँजीकोष कायम हुनुपर्ने जनाएको छ ।

 

निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ । त्यस्तै, ईच्छुक बैंक तथा कम्पनीहरुको हकमा निकटतम अघिल्लो वर्षमा नाफामा रहेको र रियलस्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...