YouTube Link

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

Facebook Link

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक ‘एफ-३५’ युद्धविमानले मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार इरानी आकाशमा युद्ध मिसन पूरा गरी फर्कने क्रममा उक्त विमानमा समस्या देखिएको हो ।

 

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्ट्रकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले बिहीबार विमानको सुरक्षित अवतरण भएको र पाइलटको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । हकिन्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इरानमाथि सैन्य अभियान चलाएर फर्किएको अमेरिकी एफ-३५ विमानले क्षेत्रीय सैन्य अखडामा आकस्मिक अवतरण गरेको प्रतिवेदनबारे हामी सचेत छौँ । विमान सुरक्षित अवतरण भएको छ र पाइलटको स्वास्थ्य अवस्था स्थिर छ । यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’

 

सिएनएनले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार, झण्डै १० करोड डलर मूल्य पर्ने उक्त अत्याधुनिक विमानलाई इरानले प्रहार गरेको हुन सक्ने सम्भावना छ । यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले पनि एक विज्ञप्ति जारी गर्दै आफूहरूले अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, विमान कुन कारणले आकस्मिक अवतरण गर्न बाध्य भयो भन्नेबारे अमेरिकाले औपचारिक पुष्टि गरिसकेको छैन

 

युद्धको पहिलो सातामै अमेरिकी सेनाको तीन वटा एफ-१५ लडाकु विमान कुवेतमा खसेको थियो । त्यतिबेला कुवेती हवाई प्रतिरक्षा प्रणालीले नै भूलवश अमेरिकी लडाकू विमान खसालेको भनिएको थियो । विमान खस्दै गर्दा चालक दलका सदस्यहरू प्यारासुटमा बाहिर निस्केका थिए । गत साता इराकको पश्चिमी क्षेत्रमा लडाकू विमानमा इन्धन भर्न परिचालिन केसी-१३५ दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण स्पष्ट नभएपनि अमेरिकी सेनाले यो घटना शत्रुको आक्रमण वा आफ्नै पक्षबाट भएको फायर कुनैपनि कारणले नभएको बताएको थियो ।

 

उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो । युद्धको तेस्रो साता नजिकिँदै गर्दा आगामी अवस्थाबारे अझै अन्योल कायम छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ३१औँ मरीन एक्स्पिडिसनरी युनिट र ट्रिपोली एम्फिबियस रेडी समूहलाई क्षेत्रमा पठाइएको छ । यूएसएस ट्रिपोली हालै सिंगापुरतर्फ अघि बढिरहेको देखिएको थियो । यद्यपि अमेरिकी उच्च अधिकारीहरूले इरान विरुद्धको अभियान सफलतापूर्वक अघि बढिरहेको दाबी गर्दै आएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...