एनएमबी बैंकद्वारा कर्पोरेट क्रेडिट कार्ड जारी
वि.सं.२०७७ असोज ६ मंगलवार १७:२८
1.7K
shares
काठमाण्डौ: एनएमबी बैंकले नेपालमा पहिलो ‘कर्पोरेट क्रेडिट कार्ड’ जारी गर्ने बैंक बनेको छ ।
बैंकले व्यावसायिक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा एनएमबी बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको छ । यस्तो कार्ड जारी गर्ने आफू पहिलो बैंक भएको बैंकको दाबी गरेको छ ।
यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवद्र्घन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरुको ब्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ ।
एकभन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुका लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिने बैंकले जनाएको छ ।
एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्घ नयाँ प्रस्तुती हो र यसले ग्राहकहरूलाई कर्पोरेट र व्यावसायिक संगठनहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्ने बैंकले जनाएको छ ।
बैंकको सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य रहेको र आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनकालागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर रहने बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज ६ मंगलवार १७:२८




















