सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्रिन पिन सेवा सञ्चालन
वि.सं.२०७७ असोज ६ मंगलवार १८:५३
1.6K
shares
काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकबाट डेबिट कार्ड लिँदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सक्नेछन् । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरू बैंक आईराख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्ने बैंकले जनाएको छ ।
बैंकका ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०७७ असोज ६ मंगलवार १८:५३




















