बैंक अफ काठमाण्डूद्वारा लिलामी शेयर आवेदन फारम विक्री स्थगित
वि.सं.२०७७ भदौ १६ मंगलवार १५:१६
1.5K
shares
काठमाडौं: बैंक अफ काठमाण्डूले निषेधाज्ञाका कारण लिलामी शेयर खरीदका लागि आवेदन फराम विक्री र बुझ्ने कार्य स्थगित गरेको छ।
बैंकले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन दिने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले लिलामी शेयरको आवेदन फारम विक्री गर्न कार्य स्थगित गरेको जनाएको छ ।
बैंकले ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक शेयर भदौ १ गते देखि ८ गतेसम्म विक्री खुल्ला गर्ने भनिएकोमा कोरोना महामारीका कारण अत्यावश्यक सेवा बाहेकका सबै सेवा संचालनमा रोक लगाएको कारणले लिलामी शेयरमा आवेदन दिने अवधि थप गरेको थियो । कम्पनीको बिक्रि प्रबन्धमा एनएमबि क्यापिटल रहेको छ ।
वि.सं.२०७७ भदौ १६ मंगलवार १५:१६



















