YouTube Link

हवाई नीति २०७७ को मस्यौदा सार्वजनिक

World Cup 2026
Facebook Link

काठमाडौं: सरकारले नयाँ वायुसेवा कम्पनी दर्तामा कडाइ गर्ने भएको छ ।

मन्त्रालयले हवाइ नीति २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । सो मस्यौदाका लागि मन्त्रालयले सरोकारवालासँग सुझाव समेत मागेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जारी गर्न लागेको हवाइ नीतिले कम्पनी दर्तामा कडाइ गर्ने भएको हो ।

आन्तरिक वायुसेवाका लगि इजाजत प्राप्त गर्न कम्तीमा २५ करोड चुक्तापुँजी भएको हुनुपर्नेछ । यस्तै एओसी प्राप्त गर्नुपर्ने अवस्थामा भने चुक्ता पुँजी ५० करोड र सञ्चालन पुँजी कम्तिमा एक अर्ब भएको हुनुपर्नेछ ।

यता अन्तर्राष्ट्रिय वायुसेवाका लागि इजाजत प्राप्त गर्न कम्तिमा ५० करोड रुपैयाँ र सञ्चालन प्रमाणपत्र प्राप्त गर्नुपर्ने अवस्थामा १ अर्ब र सञ्चालन पुँजी सहित कम्तिमा २ अर्ब रुपैयाँ भएको हुनुपर्ने व्यवस्था हवाइ नीतिमा गर्न लागिएको छ ।

यस्तै हेलिकोप्टरको लागि इजाजत प्राप्त गर्न कम्तिमा १० करोड रुपैयाँ चुक्तापुँजी र एओसी प्राप्त गर्नुपर्ने अवस्थामा चुक्तापुँजी २५ करोडसहित सञ्चालन पुँजी ५० करोड रुपैयाँ भएको हुनुपर्नेछ ।

यस्तै हवाइ उडान प्रशिक्षण संस्था सञ्चालनको लागि इजाजत पाउन कम्तिमा ५ करोड रुपैयाँ चुक्तापूँजी भएको हुनुपर्नेछ । तर एसोसी प्राप्त गर्नुपर्ने अवस्थामा भने चुक्तापुँजी सहित १५ करोड रुपैयाँ सञ्चालन पुँजी हुनुपर्नेछ ।

यता मर्मत संस्था सञ्चालनका लागि ५ करोड रुपैयाँ चुक्तापुँजी सहित १० करोड सञ्चालन पुँजी भएको हुनुपर्नेछ ।

वायुसेवा नीति कार्यान्वयनका लागि पर्यटन मन्त्रीको अध्यक्षतामा एउटा समिति बन्नेछ । सो समितिमा मन्त्रिपरिषदको कार्यालयको सचिव, अर्थमन्त्रालयका सचिव, पर्यटन मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगम र नीजि वायुसेवाका एक एक प्रतिनीधि, निजी क्षेत्रका वायुसेवाका प्रतिनीधि, हवाइ उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सदस्य रहनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...