YouTube Link

हवाई नीति २०७७ को मस्यौदा सार्वजनिक

Facebook Link

काठमाडौं: सरकारले नयाँ वायुसेवा कम्पनी दर्तामा कडाइ गर्ने भएको छ ।

मन्त्रालयले हवाइ नीति २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । सो मस्यौदाका लागि मन्त्रालयले सरोकारवालासँग सुझाव समेत मागेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जारी गर्न लागेको हवाइ नीतिले कम्पनी दर्तामा कडाइ गर्ने भएको हो ।

आन्तरिक वायुसेवाका लगि इजाजत प्राप्त गर्न कम्तीमा २५ करोड चुक्तापुँजी भएको हुनुपर्नेछ । यस्तै एओसी प्राप्त गर्नुपर्ने अवस्थामा भने चुक्ता पुँजी ५० करोड र सञ्चालन पुँजी कम्तिमा एक अर्ब भएको हुनुपर्नेछ ।

यता अन्तर्राष्ट्रिय वायुसेवाका लागि इजाजत प्राप्त गर्न कम्तिमा ५० करोड रुपैयाँ र सञ्चालन प्रमाणपत्र प्राप्त गर्नुपर्ने अवस्थामा १ अर्ब र सञ्चालन पुँजी सहित कम्तिमा २ अर्ब रुपैयाँ भएको हुनुपर्ने व्यवस्था हवाइ नीतिमा गर्न लागिएको छ ।

यस्तै हेलिकोप्टरको लागि इजाजत प्राप्त गर्न कम्तिमा १० करोड रुपैयाँ चुक्तापुँजी र एओसी प्राप्त गर्नुपर्ने अवस्थामा चुक्तापुँजी २५ करोडसहित सञ्चालन पुँजी ५० करोड रुपैयाँ भएको हुनुपर्नेछ ।

यस्तै हवाइ उडान प्रशिक्षण संस्था सञ्चालनको लागि इजाजत पाउन कम्तिमा ५ करोड रुपैयाँ चुक्तापूँजी भएको हुनुपर्नेछ । तर एसोसी प्राप्त गर्नुपर्ने अवस्थामा भने चुक्तापुँजी सहित १५ करोड रुपैयाँ सञ्चालन पुँजी हुनुपर्नेछ ।

यता मर्मत संस्था सञ्चालनका लागि ५ करोड रुपैयाँ चुक्तापुँजी सहित १० करोड सञ्चालन पुँजी भएको हुनुपर्नेछ ।

वायुसेवा नीति कार्यान्वयनका लागि पर्यटन मन्त्रीको अध्यक्षतामा एउटा समिति बन्नेछ । सो समितिमा मन्त्रिपरिषदको कार्यालयको सचिव, अर्थमन्त्रालयका सचिव, पर्यटन मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगम र नीजि वायुसेवाका एक एक प्रतिनीधि, निजी क्षेत्रका वायुसेवाका प्रतिनीधि, हवाइ उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सदस्य रहनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...