कोरिया कामदारमा जानेले अनिवार्य टेकुमा कोरोना परीक्षण गराउनु पर्ने
वि.सं.२०७७ वैशाख १८ बिहीवार ०९:४१
1.2K
shares
काठमाडौं: ईपीएसबाट पास भएका नेपाली कामदारलाई कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ । शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।
शाखाले सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको हो । निज व्यक्ति स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा चार्टड उडानबाट कोरिया जान स्वीकृति दिने नेपाल सरकारले निर्णय गरिसकेको छ ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार ०९:४१



















