कोरोना कहरः अमेरिकामा ६१ हजार भन्दा बढीको मृत्यु, बेलायतमा मृतकको संख्या २६ हजार नाघ्यो
वि.सं.२०७७ वैशाख १८ बिहीवार ०९:२३
1.4K
shares
एजेन्सीः विश्वभर महामारीको रुप लिएको कोरोना भाईरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन् ।
अमेरिकामा हालसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन् । ती मध्ये १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन् । अमेरिका पछि धेरै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन् ।
बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायतको स्वास्थ्य मन्त्रलायले जनाएको छ । तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा ७ सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । बेलायचमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित रहेका छन् ।
स्पेनमा मृत्यु हुनेको संख्यामा केही कमी आएको छ । त्यहाँ विगत २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाएका छन् । हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा २४ हजारको ज्यान गएको छ । त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ । अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ ।
विश्वभरमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । विश्वमा ३२ लाख २० हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ । २ लाख २८ हजार २ सय २४ जनाको मृत्यु भईसकेको छ ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार ०९:२३



















