कोरोना भाईरस रोकथामका लागि एनआईसी एसिया बैंकद्वारा सातै प्रदेशलाई आर्थिक सहयोग
वि.सं.२०७७ वैशाख ५ शुक्रवार ११:३१
1.4K
shares
काठमाडौं: विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एनआईसी एसिया बैंकले सात वटै प्रदेशलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाख रुपैयाँ गरी कूल १ करोड ५ लाख रकम प्रदान गरेको बैंकको प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पीडामा सघाउ पुरयाउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको जनाएको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख रुपैयाँ समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्यालामजदूरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नून, दाल लगायतका खाद्यान्न सामाग्रीहरू यसअघि नै वितरण गरिसकेको छ ।
वि.सं.२०७७ वैशाख ५ शुक्रवार ११:३१



















