नेपालमा तीन दिनयता कुनैपनि व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
वि.सं.२०७७ वैशाख ५ शुक्रवार १९:३१
1.3K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला तीन दिनयता कुनैपनि व्यक्तिमा कोरोनाभाइरसको संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘र्यारपिड टेस्ट’मा ‘पोजिटिभ’ देखिएका सबै रिपोर्ट ‘पीसीआर’ परीक्षणमा ‘नेगेटिभ’ देखिएको बताए ।
हालसम्म पीसीआर र ‘आरडीटी’ गरी २४ हजार २ सय ५३ जनाको परीक्षण गरिएको र पछिल्लो २४ घन्टामा चार हजार ८ सय २२ जनाको परीक्षण भएको उनले बताए । यस्तै, मन्त्रालयले थप ३० हजारभन्दा बढी आरडीटी किट सबै प्रदेशमा पठाएको जनाएको छ ।
सोलुखुम्बु र डोल्पा जिल्लाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको डा. देवकोटाले जानकारी दिए । यस्तै, ललितपुरको पाटन अस्पतालमा पीसीआर परीक्षणका लागि मेसिन जडान गरिएको भन्दै प्रवक्ता डा. देवकोटाले हाल देशका १४ स्थानबाट पीसीआर परीक्षण भइरहेको जानकारी दिए ।
वि.सं.२०७७ वैशाख ५ शुक्रवार १९:३१



















