आपत्कालिन खाद्यान्न संकलन अभियानमा युवाको सक्रियता
वि.सं.२०७७ वैशाख २ मंगलवार २२:२४
1.8K
shares
विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड –१९ कोरोना भाइरस संक्रमणको कारण विश्व त्रासदी अवस्थामा गुज्रीरहेको छ । यससंक्रमण बाट हाम्रो जस्तो अविकसित मुलुक पनि चोखो रहन सकेन । सरकारले रोगको महामारीबाट आमनागरिकलाइ जोगाउन मुलुकभर लकडाउन गरेको अवस्थामा ज्याला मजदुरी गरी जिवन निर्वाह गरीरहेका साथै अशक्त र विपन्न परिवारलाइ विभिन्न संघसंस्थाले राहत वितरण गर्ने कार्यलाइ निरन्तरता दिएका छन् ।

यसैबिच काठमाण्डौको तारकेश्वर नगरपालिका अन्तर्गतका वडा र स्थानिय स्थरमा बसोबास गर्दै आएका ज्यालादारीमा रोजीरोटि चलाउने विपन्नवर्ग पहिचान गरी स्थानिय युवाको सक्रियतामा आपतकालीन खाद्यान्न संकलन अभियानले संकलन गरेको खाद्यान्न पहिलो चरणमा वितरण गरीएको हो ।
समाजसेवी, राजनितीकर्मि, व्यावसायि, पेशाकर्मि, बुद्धिजीवीबाट संकलन गरीएको राहत सामाग्री वितरण गरीएको आपतकालीन खाद्यान्न संकलन अभियानका युवाले जानकारी दिएका छन् । वृद्दा आश्रम, बाल आश्रम, शारीरिक दुर्बलता भएकाहरुको संस्था दृष्टि बिहिन लगायतलाई राजनितीक दलहरूको उपस्थितिमा संकलित सामग्री वितरण गरीयो हो ।

वितरण कार्यक्रममा नेकपा तारकेश्वर नगर कमिटीका अध्यक्ष लवकुमार वस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीयसभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाका नगर सभापति श्रीराम थापा र राप्रपाका तारकेश्वरनगरपालिकाका नगर अध्यक्ष राजकुमार खड्का लगाएतको उपस्थिति थियो।
कोभिड –१९ आपतकालीन खाद्यान्न संकलन अभियानका अभियन्तहरु श्यामकृष्ण सापकोटा, हरि तिमिल्सिना(HR), कविराज बस्नेत, भुवानीप्रसाद तिमिल्सिना, परोपकार अधिकारी, दिपेश थापा, सुन्दर श्रेष्ठ, नविन महर्जन, बिनोद देवकोटा, दिनेश लामा लगाएतकोआव्हानमा खाद्यान्न संकलन अभियान थालिएको थियो।
वितरण गरीएका संस्था र सामाग्रीको विवरण
१) अपांग केन्द्र तार्केस्वर–५, (१५ बोरा चामल, १० प्याकेट नुन)
२) नवजिवन परोपकार संस्था तार्केस्वर–७, (१५ बोरा चामल, १० प्याकेट नुन)
३) दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर–५ (१० बोरा चामल, २.५ लिटर तेल, १० प्याकेट नुन)
४) लाइफ फर नेसन तार्केस्वर –६ (१५ बोरा चामल, १० प्याकेट नुन)
५) नेपाल मानव सेवा संस्था तार्केस्वर–८ (१५ बोरा चामल, १० प्याकेट नुन)
वि.सं.२०७७ वैशाख २ मंगलवार २२:२४



















