YouTube Link

कोरोना भाइरसविरुद्ध ७० किसिमका खोप विकसित हुँदै, आगामी वर्षसम्ममा आम प्रयोगमा आउने अपेक्षा

Facebook Link

काठमाडौं: कोरोनाभाइरस विरुद्ध अहिले ७० किसिमका खोप विकसित भइसकेका छन् । यीमध्ये तीन किसिमका खोपहरु परीक्षणको चरणमा गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसरी परीक्षणका चरणमा पुगिसकेका मध्ये चीनमा विकसित भइरहेको खोपले परीक्षणको सबैभन्दा धेरै चरण पार गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप परीक्षणको दोस्रो चरणमा पुगिसकेको छ । अमेरिकी औषधि उत्पादक कम्पनी इनोभिओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण गर्ने क्रममा रहेको डब्ल्यूएचओले जानकारी दिएको छ ।

कुनैपनि खोप प्रमाणित भई प्रयोगमा आउन १० देखि १५ महिनासम्म लाग्छ । तर कोरोना भाइरसविरुद्धको खोप भने द्रुत गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खोप आगामी वर्षसम्ममा आम प्रयोगमा आउने अपेक्षा गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म आम प्रयोगमा आउने दाबी गरेकी छन् । अक्सफोर्डको टिमले यसअघि मर्स भाइरसका लागि विकास गरेको खोपलाई कोरोनाभाइरसविरुद्ध लड्न सक्ने गरी रुपान्तरण गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...