YouTube Link

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

Facebook Link

काठमाडौं: आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ सेना दिवस-२०८२ को अवसरमा माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२’ सञ्चालन हुने जानकारी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको छ ।

 

प्रधानसेनापति अशोकराज सिग्देलले एक विशेष कार्यक्रमका बीच ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२’ को माघ ४  गते उदघाटन गर्नेछन् । प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, ऐतिहासिक हातहतियार, उपकरण र नेपाली सेनाले निर्वाह गर्दै आएका विभिन्न भूमिकाहरुको सम्बन्धमा प्रदर्शनी गरिने छ ।

 

‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२’ मा अवलोकनकर्ताहरुलाई माघ ४ गते बिहान ११:३० बजेदेखि बेलुका ५:०० बजेसम्म र माघ ५ गतेदेखि ७ गतेसम्म बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म जङ्गी अड्डाको पश्चिमतर्फको गेटबाट निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ ।

 

प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास-निर्माण, विपद् व्यवस्थापन, खेलकूद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरु लगायतका विविध गतिविधिहरुको प्रदर्शनी हुनेछ । उक्त प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली सेनाका विभिन्न गतिविधिहरुका बारेमा जानकारी हुने अपेक्षा गरिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...