YouTube Link

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

Facebook Link

काठमाडौं: आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ सेना दिवस-२०८२ को अवसरमा माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२’ सञ्चालन हुने जानकारी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको छ ।

 

प्रधानसेनापति अशोकराज सिग्देलले एक विशेष कार्यक्रमका बीच ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२’ को माघ ४  गते उदघाटन गर्नेछन् । प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, ऐतिहासिक हातहतियार, उपकरण र नेपाली सेनाले निर्वाह गर्दै आएका विभिन्न भूमिकाहरुको सम्बन्धमा प्रदर्शनी गरिने छ ।

 

‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२’ मा अवलोकनकर्ताहरुलाई माघ ४ गते बिहान ११:३० बजेदेखि बेलुका ५:०० बजेसम्म र माघ ५ गतेदेखि ७ गतेसम्म बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म जङ्गी अड्डाको पश्चिमतर्फको गेटबाट निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ ।

 

प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास-निर्माण, विपद् व्यवस्थापन, खेलकूद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरु लगायतका विविध गतिविधिहरुको प्रदर्शनी हुनेछ । उक्त प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली सेनाका विभिन्न गतिविधिहरुका बारेमा जानकारी हुने अपेक्षा गरिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...