YouTube Link

झापा क्षेत्र नं. २ बाट प्रा.डा. संग्रौलाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

Facebook Link

काठमाडौं: प्रा. डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रा.डा. संग्रौलाले उम्मेदवारी दर्ता गराउन समर्थकहरुको समूहसहित मंगलबार दिउँसो १२:३० बजे अर्जुनधारा नगरपालिकास्थित निर्वाचन आयोगको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि स्थानीय पत्रकारहरूसँग कुरा गर्दै संग्रौलाले निर्वाचन जित-हारको खेलभन्दा माथि विचार र अभियानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । “झापाका सचेत जनताले विचार र अभियानलाई समर्थन गर्ने विश्वास लिएको छु”, उनले भने- आफू व्यक्तिका रूपमा विचार लिएर आएको उनको भनाइ छ । पत्रकारहरूले सोधेको प्रश्नमा डा. संग्रौलाले झापालाई डिजिटल सेन्टर बनाउने र राष्ट्रिय राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने बताए ।

संग्रौलाले औद्यौगिकीकरण, भूराजनीतिमा सार्थक सन्तुलन, बाबुआमा र छोराछोरीसँगै बस्ने सुनिश्चितता, विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि आफू लागिपर्ने प्रतिवद्धता जनाएका छन् । वर्तमान राज्यसत्ता दलतन्त्रको चंगुलमा परेको भन्दै उनले नागरिकतन्त्रको अभियान अगाडि बढाउने बाचा समेत गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...