YouTube Link

३२ बर्ष अघिको त्याे कालो दिन, दशरथ रंगशालामा ७३ जना दर्शकले अकालमै ज्यान गुुुुमाए

Facebook Link
vision

काठमाण्डौं: त्रिभुवन च्यालेन्ज सिल्डको फाईनल खेल दशरथ रंगशालामा हुँदैथियो । समय मुस्किलले २० मिनेट पुग्नै लागेको थियो । रंगशालामा अचानक भाग दौड मच्चियो ।

कुरा २०४४ साल, फागुन २९ गतेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज सिल्डको फाईनल खेल थियो । जनकपुर चुरोट कारखाना र मुक्ती जोद्या बंगलादेश बीच खेल सुरु भएको २० मिनेट हाराहारीको समय भएको थियो ।

मैदानमा हजारौँ दर्शक थिए । काण्माण्डौभरिका दर्शक फाइनलको मजा लिन पुगेका थिए । बालख देखि बुढाबुढी सम्म रंगशालामा देखिन्थे ।

तर फुटबलको रमाईलो हेरेको २० मिनेट नबित्दै धेरैका लागि त्यो दिन अभिश्राप बनेर आयो । शनिबारको दिन । मौसम उत्तिसारो सफा थिएन । सायद कालो दिनको संकेत मौसमले पहिलेनै गरिसकेको थियो ।

फाइनल खेल सुरु भएको २० मिनेट आसपासकै समय हो । अचानक हावाहुरी र असिना पानी झर्न थाल्यो । त्यसपछि मैदानमा उर्लिएका दर्शक भागदौड गर्न थाले । त्यसपछि निकै ठुलो अप्रिय घटना भयो । जसको कारण ७० जना भन्दा बढीले ज्यान गुमाए ।

फुटबल हेर्न धेरै मानिस रंगशालामा जम्मा भएका थिए । रंगशाला बाहिर पनि धेरैको हाराहारीमा मान्ेछे भेला भएका थिए । उनीहरु मैदान छिर्न बल गरिरहेका थिए । त्यसकारण रंगशालाका सबै ढोका बन्द गरिएको थियो ।
“बदलिदो मौषमले असिना पानी लिएर आयो र धेरैलाई परलोक लिएर गयो । ” प्रत्यक्षदर्शी दिपक हर्स बज्रचार्य सम्झन्छन् ।

बज्रचार्य प्रतियोगिता आयोजक कमिटिका संयोजक थिए । अकस्मात घटेको घटनाको वयान गर्न अहिले पनि उनी सँग सामथ्र्य छैन । “त्यो काहाली लाग्दो दिन सम्झँदा दुखी हुन्छु । तर जे नहुनु भएरै छाड्यो । त्यसपछि मैले पनि फुटबल चटक्कै छाडेँ ।” बज्राचार्यले भने ।

अचानक असिना झर्यो । निकै ठुला असिना झरेको कारण स्थिती सम्हाल्न योग्य पनि भएन । मैदानमा भाग दौड सुरु भयो । मैदान बाहिर निस्कने ढोका बन्द थिए । तर दक्षिण ढोका खुल्ला थियो । सबै मानिस दक्षिण ढोका तिर बढे । बाहिर निस्कन घचेटमचेट सुरुभयो । त्यो ठेलाम्ठेलमा धेरै दर्शक परे । उनीहरुको ज्यान गयो ।

उक्त घटनामा भाग्न नसक्ने केटाकेटी र बृद्धवृद्धाले ज्यान गुमाए । बज्रचार्य सम्झन्छन्ः– “भागदौडमा पेलिएर, थिचिएर धेरै असक्त घाइते भए । उनीहरुलाई नजिकैको वीर अस्पताल लगियो । धेरैले अस्पतालमै ज्यान गुमाए । साँघुरो ढोकाबाट छिर्न खोज्दा घटना भयो ।”

मैदानको एक कुनामा बसेर रमिता हेर्न बाहेक केही गर्न सकेनन् बज्राचार्यले । झण्डै ३५ हजारको संख्यामा दर्शक मैदानमा थिए । कोही ओत खोज्दै भागे, कोही मैदान छिरे । असिना र पानी दर्किएसंगै दर्शकको बाक्लो संस्था मैदानतर्फ झर्यो । भाग्ने क्रममा धेरै दर्शक च्यापिए, कोही लडे, कोही हामफाल्न खोजे । ७० जना बढीको ज्यान गयो ।

घटना नेपाली फुटबल इतिहासको सबैभन्दा कालो दिन हो । पुरै विश्वले नेपालको घटनामा दुखी हुँदै साहानोभुती जनाए । विश्व तरंगित भयो ।

“अवस्था हेर्ने लायकको थिएन । सबै दर्शकको अबस्था दयनिय थियो । कोही रोइकराई गरिरहेका थिए, कोही भाग्दै थिए । कुनै ठुलो युद्धमा विना सस्त्रअस्त्र लडिरहेका र भागि रहेका सर्वधारण भकाभक मुर्छा पर्न लागेको जस्तो दुखलाग्दो क्षण थियो । बज्राचार्यले अखबार नेपाललाई सुनाए ।

 

खेलका मुख्य अतिथी राज्य सभा स्थायी समितिका सभापती अनिर रुद्र प्रसाद सिंह थिए । घटना लगतै घाइते ओसार्न उनको गाडी मागियो । तर माथिको आदेश फर्कदा उपलव्ध गराउन सकेनन् । उनको गाडीमा पनि तोडफोड भयो । हावाहुरी चलेपछि पनि केही घण्टा माहौल दर्दनाक देखियो ।

घटनाको समयमा खेलकुद मन्त्रीको जिम्मेबारीमा केशर बहादुर बिष्ट थिए । उनले नैतीकताको आधारमा राजिनामा दिए । प्रतियोगिता संयोजक बज्राचार्यले पनि राजिनामा दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष कमल थापा थिए । महासचिव टिकाराम शाही थिए । उनीहरु ठुलो शोकमा परे । राखेप सदस्य सचिव स्वर्गीय शरद चन्द्र शाह थिए । उनले लामो समय सम्म दुख पोखेको स्मरण छ बज्राचार्य सँग ।

बज्रचार्य भन्छन् “३५ हजार हाराहारीमा दर्शक र भनायक दुर्घटनामा परे । सम्झँदा अझै भक्कानो फुट्छ ।” “खेल सुरु हुनु अघिनै मौसम सफा थिएन । २० मिनेट पछि आँधि हुरीले खेल बिथोल्यो । मैदानमा बल गुड्न छाडेपछि रेफ्रिले खेल रोके । केहीबेर पछि अशिनाका ठुलाठुला डल्ला झरे । एकैपटक सबै दर्शकको ध्यान बिथोलियो । सबै भाग्ने सोच्न थाले । र दुर्घटनामा परे ।” बज्राचार्यको कालो स्मरण छ ।

उनका अनुसार रंगशालाका सबै ढोका खोलेको भए अझै धेरै हाताहत हुन सक्थ्यो । बज्रचार्यले घटना लगतै फुटबलमा कहिलै नफर्किने अप्रत्यासित निर्णय गरे । यो घटना विश्व फुटबल इतिहासकै कालो दिन हो ।

घटना अघि देखिनै रंगशालाको पुर्न निर्माण जारी थियो । कतिपय प्रत्यक्षदर्शिका अनुसार निर्माणाधिन रंगशालामा धेरैको संख्यामा दर्शक जानु पनि दुर्घटनाको कारण हो । यस्तै धेरैले उपचारको अभावमा पनि ज्यान गुमाए ।

घटनाको आज ३२ बर्ष पुरा भएको छ । नेपाली फुटबलको कालो दिनको रुपमा दर्ज भएको यो दिनले अझै धेरै फुटबल प्रेमी र दर्शकको मन कुँडिन्छ । घटनाको बारेमा सम्झने धेरैले खेलकुदमा पूर्वतयारीको अभाव र दर्शक व्यवस्थापनमा खासै ध्यान नदिनुनै घटनाको मुख्य कारण ठान्ने गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...