YouTube Link

देशको पाँचौं ठूलो वाणिज्य बैंक बन्दै प्राइम र कैलाश विकास बैंकबीच एकीकृत कारोबार सुरु

Facebook Link

काठमाडौं: प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक प्राप्तिपछि देशको पाँचौं ठूलो वाणिज्य बैंक बनेको छ । बिहीबार एकीकृत कारोबारको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानान्धरले प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी १३ अर्ब ९७ करोड रुपैयाँ पुगिसकेको र अब २२ अर्ब रुपैयाँ पुर्याउने तर्फ बैंक अघि बढेको बताए ।

प्राइम कमर्सिलय बैंक देशमा रहेका अन्य वाणिज्य बैंकहरुको पुँजी, लगानी, प्रतिफल र शाखा सञ्जालका हिसावले पाँचौं नम्बरमा आएको उनले दावी गरे । ‘प्राइम कमर्सिलय बैंकले यसभन्दा पहिला नै घोषणा गरेको २२ अर्ब चुक्ता पुँजी पुर्याउन अब हामीलाई सहज हुँदै गएको छ बैंकले शुरुदेखि नै लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको छ । बैंकले घोषणा गरेको २२ अर्ब चुक्ता पुँजी अन्य सवल बैंकसँगको मर्ज वा प्राप्ति र उच्च लाभांशबाट नै पुर्याउँछौं’ उनले भने ।

विदेशमा करिब ४० वर्षसम्म सरकारी जागिरको अनुभाव लिएर परिपक्क भएपछि मात्र व्यवसायमा सञ्चालन गर्ने चलन भएको बताउँदै नेपालमा भने यस्तो नभएको उनको तर्क छ । बाफियामा नै सरकारले बैंकिङ क्षेत्रको लगानीकर्ता र व्यवसायलाई अलग गर्ने विषयमा भने प्रमुख कार्यकारी मानान्धरले व्यवसायी र बैंकर सरकारले छुट्याइ दिन आग्रह गरे ।

पछिल्लो पटक राष्ट्र बैंकले ल्याएका नीतिहरु राष्ट्र बैंकले दुरगामी रुपमा राम्रोको लागि ल्याएको होला । तर, तत्कालका लागि जसरी ल्यायो यो ठिक नभएको उनको तर्क छ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धी नीतिहरू ल्याउँदा तत्काल पर्ने असरलाई पनि हेर्न उनले सुझाव दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको सम्पूर्ण वित्तीय सूचकहरू सुरक्षित राख्दै सवल र स्वस्थ बैंक बन्ने प्रतिवद्धता समेत जनाए । बैंकको उद्देश्य भनेको वित्तीय संस्थालाई एक अर्काका गाभ्नेभन्दा पनि समाहित गर्ने हो, यहि रणनीतिका अनुसार बैंकको शाख जोगाउँदै हामी अबका दिनमा अघि बढ्ने मानन्धरले बताए ।

अहिले कैलाश विकास बैंकसँग काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर ८७ ओटा सहित १ सय २ वटा शाखा सञ्जाल छ । प्राइम र कैलाश मर्जरपछि देशभर २ सय शाखा पुग्छ भने काठमाडौं उपत्यका मात्रै ५० भन्दा बढी शाखा रहने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...