YouTube Link

जन्मदिनको अवसरमा छोरालाई पत्र

Facebook Link
vision

छोराको आज जन्म दिन । आजको दिनदेखि एक वर्ष पुरा भएर दुई वर्षमा प्रवेस । छोरा साँच्चै तिमी यो संसारमा भाग्यमानी भएर जन्म पाएका छौ । तिम्रो आमा र मलाई मात्र थाहा छ । मैले आज पनि तिम्रो आमाको अनुमति बिना यो लेख्दैछु । यत्ति लेख्दा पनि तिम्रो आमालाई सही नसक्नु पिडा होला अनुमान गरिरहेको छु-छोरा ।

तिम्रो आमाको टाउको अचानक गाह्रो बनाउने गरी त्यो दिन विरामीले सतायो र सल्लाह गरेर अस्पताल जाने निधो गर्यौ । र त्यो दिन बिहान ८:०० बजेतिर सिनामंगलको नोबेल अस्पताल गयौं । अस्पतालमा फिजिसियन डा. ध्रुब गैरेबाट तिम्रो आमाको चेकअप गर्ने काम भयो । टाउको दुखिरहने मान्छेको टाउकोको सिटी स्क्यान गर्नुपर्छ भन्ने सल्लाह दिने काम डाक्टरबाट भयो । हामीले तिम्रो आमा उषाको पेटमा ७, ८ हप्ताको गर्भ रहेको पनि डाक्टरलाई सुनायौ । तर सिटी स्क्यान गर्नैपर्ने भन्ने कुरा डाक्टरबाट आएपछि सिटी स्क्यान गर्ने काम भयो र टाउको दुखिरहने रिपोर्ट पनि नर्मल आयो ।

तर, हामीले त्यसको केहिदिन पश्चात फेरी भरोसा अस्पताल बानेश्वरमा डाक्टर रोजी मल्ललाई तिम्रो आमाको प्रेग्नेन्सी चेकअपको लागि गयौं । तर, बिडम्बना यस्तो गर्भवती भएको समयमा तिम्रो आमाको डाक्टरले रिक्स लिन नसक्ने बतायो । कारण, गर्भवती अवस्थामा सिटी स्क्यान गर्नै नहुने र गरिहालेको खण्डमा बच्चा एबनर्मल जन्मिन सक्ने, अपाङ्ग, लाटो वा पछि जन्मिने समय पुगेपछि मृत पनि जन्मन सक्ने र आमाको ज्यान पनि खतरा हुन सक्ने भन्ने कुरा भयो । यति भनिसक्दा नसक्दै तिम्रो आमा त्यही डाक्टरको अगाडी झन्डै भुईमा ढल्न पुग्यो । मैले तेती बेलै बुझिहाले अहो तिम्रो आमा अब पर्नु नपर्नु पिरमा पर्योा । अब के गर्ने के नगर्ने ? यस्तो पीरमा म पनि परे सोचे अब के गर्ने त ? घर आएपछि तिम्रो आमाले भन्यो अघि अस्पतालमा झन्डै म लडदा किन नसमात्नु भएको म लडेको भए ?

तिमीलाई कहिले कही आपत-बिपत आई पर्दा त्यो ढुङ्गाको मुर्तिलाई ढोगेर शक्ती नमाग । सफल हुँदा तिम्रो आमालाई ढोगेर आशिर्बाद माग । अफ्ठ्यारो, कुनै कठिनाई आई पर्दा आमालाई सिरोपर गरेर शक्ती माग । संसारमा भगवान् छ त आमा छ । आमा बाहेक अरु कुनै यो संसारमा भगवान भन्ने चिज छैन छोरा । आमा तिम्रो, हाम्रो भगवान हो । बाबा भन्ने पाटो आमा पछिको दोस्रो पाटो हो ।

अहो मैले पनि तिम्रो आमालाई त्यस्तो अवस्थामा किन नसमातेको होला सोचें म पनि अतालिएछु । घरमा तिम्रो आमा राती धेरै बेर रोयो । मैले जे हुने भई सक्यो भोलिको रिक्स लिनु भन्दा गर्भपतन गरौं भनेर सम्झाउन थाले । तर तिम्रो आमा नबोली एकोहोरो रोई मात्र रह्यो-छोरा । फेरि भोली भरोसा अस्पताल गएर डाक्टर रोजी मल्ललाई भेटेर के गर्दा बेष्ट होला भनेर फाईनल सोध्यौ । तर त्यही कुरा दोहोरिएपछि हामी थापाथली अस्पताल गयौ, महाराजगञ्जस्थित टिचिङ अस्पताल गयौं दुईवटै अस्पतालमा पनि यही कुरा दोहोरियो र तिम्रो आमा र मैले गर्भपतन गराउने निर्णय गर्यौ ।

गर्भपतन गराउँदा घरमा पनि कसैलाई नसुनाउने, नभन्ने सल्लाह गर्यौ कारण तिम्रो बजु साह्रै बिरामी भएको कारणले यस्तो कुरा थप सुनायौ भने बिरामी मान्छे झनै बिरामीको पिर माथि अर्को पिरले थपिने भनेर हामीले यो कुरा गुपचुपबाटै गर्ने सोच्यौ र गर्यौ । तर गर्भपतन गरिसकेपछि छोरी मान्छेलाई सुत्केरी भएको जसरी गाह्रो हुने रहेछ म बबुरो, लाटो कहिल्यै त्यस्तो कुरोमा नपरेको मान्छे के थाहा ? तिम्रो आमालाई २, ३ दिन कम्ती गाह्रो, सास्ती भएको हैन । घरमा कसैले नदेख्ने गरी अनुहार लुकाएर आँशु झार्छ । तिम्रो आमाले भन्यो यो कुन जुनीको पाप हो । सोचें मैले पनि ओहो पाप नै साँच्चै भोगिदैछ कि के हो ? यस्तो यो पिडाले केहि समय हामीलाई पिरलोमा डुबाउन डुबायो । पिर मान्नु हुन्न छाडिदिउ भन्यो दिमागमा यही कुरा घुमिफिरी फेरी आई दिने ।

तर समय घर्किदै गएपछि बिस्तारै यी दुख, पीरहरु भुल्ने, बिर्सने कामहरु हुन थाले । केहि समय पश्चात फेरी छोरा तिमी तिम्रो आमाको पेटमा आएछौ । हामीले पुरानो घाउहरुलाई बिर्सदै तिमी तिम्रो आमाको पेटमा आएको खुशी साटासाट गर्ने काम गर्यौ एक-अर्कामा । दिनहरु, महिनाहरु गन्दा-गन्दै २०७६ पौष १३ गते तिमीले रातको ११:०० बजेर १३ मिनेट जाँदा पहिलो चोटी संसार देख्यौ, पहिलो पटक धर्ती टेक्ने काम गर्यौ । म एक्लै भएको भए कति अत्तालिने थिएँ होला त्यो समय ? तर, तिम्रो देमा साईली(कला)नानाले सानो गुण लगाउनु भएको छैन त्यो दिन त्यो समय । अहिले यहाँ बर्णन र व्याख्य गरी साध्य छैन । तिम्रो आमा त्यस्तो प्रसव पिडामा हुँदा पनि त्यहाँ नर्सहरुको हातमा थियौ तिमी । तिम्रो आमाले खोई छोरा हेर्छु भनेर त्यस्तो पिडामा पनि तिम्रो खोजी तिम्रो आमाले गर्यो ।

अहो त्यती बेला पो मेरो दिमागमा नमिठो झड्का पर्यो । आमालाई त्यतिकै महान् भनिएको हैन रहेछ । तिमी जन्मिएको एक छिनपछि पौषको चिसो मौसम हिटरमा राख्ने काम भयो । तिम्रो आमा टोइलेट जाने ईच्छा गर्यो र मैले टोईलेट लगे यति बेला तिम्रो आमाले भन्यो बाबा मलाई अब अर्को बच्चा जन्माउ नभन्नु है । देखी हाल्नु भो पिडा-बाबा । सोचें अहो आफ्नो ज्यानलाई बाजी राखेर कसरी जन्माए होला यतिका सन्तान हाम्रा आमाहरुले ? साँच्चै आमा भन्दा महान् अरु को हुन सक्छ ? त्यसैले मैले छोरा तिमी जन्मिसकेपछि फेसबुकमा स्टाटस लेखे…… हिजो २०७५/९/१३ गते रातको ११:१३ बजे छोराले यो धर्तीमा पाईला टेकेको छ । सबैभन्दा पहिला त म उषालाई बधाई दिन्छु । उसले सहनुसम्म प्रसव पिडा सहेर छोराको बाबा बन्ने मौका दिएको छ ।

 

 

मैले के भनिरहनु झै लाग्छ । यो संसारको सृष्टी गर्ने आमाहरु भन्दा हामी कोही माथि छैनौ । हामी नाथे हामी फलानोको बाउ हो बाउ भनेर गफ चुटे जस्तो आमा हुन त्यति सजिलो छैन । आमा भएर भोगी हेर आमाका पिडाहरु….. साँच्चै यी शब्दका हरफहरु बुझे काफी हुन्छ वास्तबमा । छोरा आफु बुझ्ने भएपछि मेरो फेसबुक स्टाटस एक चोटी पढनु । तिमीले जहिले पनि असल बाटो रोज्नु, असल हुने कोशिस गरी रहनु, समाजमा आफ्नो पहिचानको खाँबो गाढ्ने कोशिस गरी रहनु मेरो आशिर्बाद छ । तिमीलाई कहिले कही आपत-बिपत आई पर्दा त्यो ढुङ्गाको मुर्तिलाई ढोगेर शक्ती नमाग । सफल हुँदा तिम्रो आमालाई ढोगेर आशिर्बाद माग । अफ्ठ्यारो, कुनै कठिनाई आई पर्दा आमालाई सिरोपर गरेर शक्ती माग । संसारमा भगवान् छ त आमा छ । आमा बाहेक अरु कुनै यो संसारमा भगवान भन्ने चिज छैन छोरा । आमा तिम्रो, हाम्रो भगवान हो । बाबा भन्ने पाटो आमा पछिको दोस्रो पाटो हो ।

मलाई खुशी लागेको छ तिमीलाई जन्म दिँदा तिम्रो आमा पटक-पटक पिडाले मर्नु परेको छ र पनि आमा अनि तिम्रो स्वास्थ स्थिति एकदमै राम्रो छ त्यसैमा म भने हर्षित छु । र यति लामो समयसम्म पनि सदैब साथ सहयोग दिनुहुने महाराजगञ्ज शिक्षण अस्पताल परिवार र हाम्रो परिवार अनि मेरो हितैषी साथीभाइहरुमा मुरी मुरी सलाम छ । अझ आउँदो दिनहरुमा पनि सुम्निमा पारुहाङले यसै गरी रक्षा गर्ने छ भन्नेमा विश्वास्त छु । फेरि पनि सबै सबैमा कोटीकोटी मेरो हार्दिक नमन ।

र, मलाई अहिलेसम्म पनि तिम्रो आमाको त्यही शब्दले यत्ति नमिठो गरी झड्का दिन्छ बाबा अर्को बच्चा जन्माऔं नभन्नु है । त्यसैले तिमीले धेरै अभिभाराहरु पुरा गर्नुपर्ने हुन सक्छ -छोरा । त्यसैले असल हुनु, ज्ञानी हुनु, मेहेनति हुनु, बस अरु त्यो भन्दा केही चाहिँदैन । ईमान्दारी हुनु परिश्रमी भएर संसार हाँक्ने हुनु । प्यारे छोरा एक वर्ष पुरा भएर दुई वर्षको नयाँ संघार टेकेको उपलक्ष्यमा जन्मदिनको बाबा-आमाको तर्फबाट अनेकन शुभ-कामना ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...