लकडाउनले धरासायी बन्दै पर्यटन व्यवसाय
वि.सं.२०७७ असार २४ बुधवार १४:१७
2K
sharesपर्यटकलाई नेपालको प्राकृतिक सुन्दरताको वर्णन गरी नेपाल चिनाउँदै हिड्ने काठमाडौंका अशोक सिलवाल अहिले भने घरभित्रै छन् । डिसेम्वरको अन्तिम साता चीनको वुहानबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले उनका व्यस्त दिनहरु खोसि दिएको छ ।
कोराना महामारीले पर्यटकसँग उनले बिताएका रोमाञ्चक पल त खोस्यो नै, अव कहिलेसम्म नेपाल चाहार्ने मौका जुर्ने हो त्यो पनि थाहा छैन् । ‘४/५ महिना काम गरेर वर्षभरिका लागि खर्च पुर्याउने पेशा अंगालियो । धेरै काम पाउने समयमै खाली बस्नुपरेको छ,’ उनले भने । नेपालका विभिन्न क्षेत्रमा सरकारले लकडाउन घोषणा गरेपछि कोराना कहर सुरु भयो । तर पर्यटन क्षेत्र र त्यसमा पनि टुर गाइडको पेशा भने चीनमा कोरोना देखिने वित्तिकैदेखि नै सुस्ताउन थालेको उनले बताए ।
पर्यटनसँग जोडिएका विभिन्न संस्थाहरुमा सम्वद्ध अशोक सिलवालले करिव एक दशकदेखि विभिन्न देशका पर्यटकलाई नेपाल घुमाउँदै आएका थिए । ट्रेकिङ प्रशिक्षक समेत रहेका सिलवाल टूर तथा ट्रेकिङ गाइडलाई नै मुख्य पेशा बनाएकालाई कोराना महामारीले गम्भिर असर पारेको बताउँछन् ।
उनी भन्छन्- ‘कोरानाको हल्ला चलेदेखि नेपाल घुम्न आएका पर्यटक धमाधम आफ्नो देश फर्कन थाले, अव कोरोनाको रोकथाम भएपनि तत्कालै घुम्न आउने कोही हुँदैन । यस पेशाकै भरमा गुजारा गर्नेहरुको जीवन दिनहुँ गरिवीको जेखिमतर्फ धेकेलिदै जाने अवस्था आएको छ ।’

कोरोना भाइरसको महामारीले अशोक र रेशमजस्ता पर्यटनमा आश्रित हजारौंको दैनिकीलाई नराम्ररी चिमोट्न थालेको छ । यीनीहरुको जस्तो समस्या अहिले लाखौं टुरिष्ट गाइड तथा ट्रेकिङ गाइडमा परेको छ । कोराना महामारीले यस पेशामा संलग्न कयौंको गरिखाने मेलो गुम्यो ।
त्यसैगरी कोरोना माहामारी नभएका भए तनहुँ बन्दीपुरका रेशम थापा विदेशी पर्यटकको भारी बोकेर पदयात्रामा खटिएका हुन्थे । कामको चापाचाप पर्ने याममै काम नपाएपछि उनी दिनभर मोवाइल चलाएर बस्छन् । चीनमा कोराना फैलिएको महिना डिसेम्वरदेखि नै उनी फूर्सदिला छन् ।
कोरोना कहरले न त पर्यटकसँग भारी बोकेर पदयात्रामा जान पाए, न त घरमा बस्दा ढुक्क नै छन् । उनले भने, ‘केही महिना त महामारी रोकिएला र पुरानै काम फेरी पाइएला भन्ने थियो तर अव त त्यो आशा पनि हरायो ।’
‘पर्यटनका लागि उपयुक्त समयमा समेत महिनौ काम पाइने छाँटकाँट नदेखिएपछि उनको मनको हुटहटी झन बढेको छ,’ भन्छन्, ‘सिजनको बेला त काम पाइएन, अव वर्षभरको घर खर्च कसरी पो चलाउने हो ?’
कोरोना भाइरसको महामारीले अशोक र रेशमजस्ता पर्यटनमा आश्रित हजारौंको दैनिकीलाई नराम्ररी चिमोट्न थालेको छ । यीनीहरुको जस्तो समस्या अहिले लाखौं टुरिष्ट गाइड तथा ट्रेकिङ गाइडमा परेको छ । कोराना महामारीले यस पेशामा संलग्न कयौंको गरिखाने मेलो गुम्यो ।
विश्वभर नै कोरानाको असर समाप्त भएर सामन्य अवस्थामा फर्केपनि एक त घुमघाम गर्ने अवस्था भने तत्कालै हुँदैन । अर्को फेरी संक्रमण हुने जोखिम रहि नै रहन्छ । यस पेशमा आश्रित रहेकाहरु कहिलेसम्म संकटको भूमरीमा पर्ने हुन अहिले केही भन्ने अवस्था छैन ।
पर्यटन व्यवसायीको एउटै चिन्ता छ कोभिड-१९ को शुरुको असर पनि पर्यटनमै परेर थलिंदै गयो, महामारी नियन्त्रण भएपछि पनि लामो समयसम्म उठ्न नसक्ने क्षेत्र यही नै हुनेछ । नेपालको सन्दर्भमा कोरोना कहर गत चैतदेखि शुरु लकडाउनपछि मात्रै देखिएको हो । तर पर्यटन क्षेत्रमा त चीनमा कोरोना देखिएयता नै परेको हो ।
चीनमा कोरोना फैलिन थालेपछि लाखौं पर्यटक आआफ्नो देश फर्किए । अरु पर्यटक नेपाल घुम्न आउने त कुरै हरायो । त्यस यतादेखि नै पर्यटन आश्रित पेशाकर्मी र उनीहरूका परिवारले कोरोना कहर भोगिरहेका छन् । यस क्षेत्रमा संगल्न भएकाहरु एकाएक बेरोजगार हुन थालेपछि उनीहरुका परिवार गरीबीतर्फ धकेलिने जोखिम बढ्दै छ ।
नेपाल टुरिष्ट गाइड एसोसिएसनका पूर्व अध्यक्ष हरेराम बरालका अनुसार पर्यटकहरु नेपाल आएर खर्च गरेमा नै टुर गाइडको पेशा चल्ने हो, अहिले त खर्च गर्ने पर्यटकलाई नै ज्यान जोगाउने चिन्ता छ । यस अवस्थामा पर्यटक तत्काल घुम्न आउने र टुर गाइडले काम पाउने अवस्था छैन । उनले भने, ‘अहिले सबै टुर गाइडहरु बेरोजगार भएका छन् । हातमुख जोड्नै धौ धो हुने अवस्था आएको छ । उनीहरुको लागि सरकारले सहुलियत कर्जा दिएर केही गर्ने वतावरण बनाइदिनुपर्छ ।’
कोराना महामारीको सबैभन्दा धेरै असर नेपालको पर्यटन क्षेत्रमा परेको छ तर सरकारले हालसम्म सम्वोधन नगरेको पेशा नै यही भएको उनले बताए । सरकारी तवरबाट बेरोजगार भएका टुर तथा ट्रेकिङ गाइडको समस्या संवोधन गरियोस् भनेर नेपाल टुरिष्ट गाइड एसोसिएसनले सरकार समक्ष ११ बुँदे माग राखेको बरालले जानकारी दिए ।
वि.सं.२०७७ असार २४ बुधवार १४:१७





















