अरनिको राजमार्गमा प्रहरी चेकिङमा कडाई, पास नभएका सवारी साधन फिर्ता
वि.सं.२०७७ असार २४ बुधवार १७:०२
1.8K
shares
काठमाडौं: कोरोना महामारीका कारण उपत्यका बाहिरबाट उपत्यका भित्रिने अरनिको राजमार्ग अन्तर्गत काभ्रेको साँगा क्षेत्रमा सवारी साधनमा चेकिङ कडाई गरिएको छ । बिहानबाट सुरु गरिएको प्रहरी चेकिङका क्रममा करिव ४ सय साना ठुला सवारी साधनमाथि कारबाही गरिएको छ ।
नेपाल सरकारले कोरोना भाईरस संक्रमण नियुनिकरणका लागि श्रावण ७ गते सम्म बन्दाबन्दी कायम राखेको छ । उपत्यका बाहिरबाट विभिन्न स्थानबाट उपत्यका भित्रिने सवारी साधनको चाप बढेसँगै चेकिङ कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयको पास भएको र कसैको मृत्यु तथा मृत्युकर्ममा सहभागी हुन तथा हस्पिटलको कागजपत्र सहित बिरामी बोकेको सवारी साधनलाई उपत्यका प्रवेश गर्न दिईएको छ । पास नभएका सवारी साधनलाई आउ जाउमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
वि.सं.२०७७ असार २४ बुधवार १७:०२




















