Texas College
YouTube Link

आर्थिक क्रान्तिको सारथी हुन सक्छः गाँजा, भाङ्ग र हेम्प

Facebook Link
vision

नेपालको परनिर्भर र सिथिल अर्थतन्त्रलाई जादुमय तरिकाले तत्कालै माथि उठाउने त्यस्तो कुनै चमत्कार अहिलेको विश्वमा कहि केही छ भने हेम्पभन्दा अरु केही हैन । अर्को कुरा हेम्पलाई गाँजा भनेर प्रचार गरियो यसो नभनौ नलेखौ र नबोलौ किनभने यी फरक कुरा हुन भन्ने कुरा सरकार र सरोकारवालाहरुले बुझौ र अरुलाई पनि बुझाउँ ।

हाल नेपाली नागरिकले गाँजालाई खुल्ला गर भन्ने माग गरेका होइनन् हेम्प उद्योगका लागि औद्योगिक प्रायोजनको लागि हेम्पलाई बैधानिकता देउ नेपालको कृषि मात्रै हैन सम्पूर्ण अर्थतन्त्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कायापलट हुन्छ भनेका हुन । हामी नेपालीहरु हरेक कुराको सकरात्मकतालाई भन्दा नकरात्मकतालाई बढी एनालाईसिस गर्दछौ । नेगेटिभिटिको आलोचना, बिवेचाना गर्दछौ हेम्पको बारेमा पनि समालोचना भन्दा आलोचना बढी भयो तर सबैले गर्नुपर्ने भनेको बिवेचना हो । कतिपय मानिसहरुले यो कुरा बुझेनन् । यसको फाईदा कुनै एक व्यक्ति विशेषले लिने हैन सम्पुर्ण नागरिकहरु गरिबदेखि धनीसम्मले र राज्यले झनै ठुलो लाभ लिने कुरा हो अहिलेको सरकारले ठुलो जस पाउने कुरा पनि हो त्यसैले यसको आलोचना भन्दा समालोचना र बिवेचना बढी गरौं सकरात्मक सोचौ देश बदलिन्छ ।

हेम्पका विषयमा पत्रपत्रिका र बिभिन्न संचार माध्यमहरुमा सयौ लेख रचना, भनाई, धारण, पक्ष, बिपक्षका मत अभिमतहरु र अनुसन्धानात्मक तथ्यङ्गकहरुका कयौ सामाग्रीहरु प्रकाशित र प्रशारित भएका छन र इन्टरनेटमा यस सग सम्बन्धित सामग्रीहरु प्रशस्त पढन, हेर्न र सुन्न पाइन्छ । त्यसैले हेम्प के हो ? गाँजा के हो ? यसका फाइदा बेफाइदा भनि राख्न त्यति जरुरी नभएता पनि हेम्पका अनेकौ भाषामा थरिथरिका नामहरु छन यसलाई नेपामा गाँजा र भाङ्ग भनेर सामान्य भाषामा मानिसहरुले चिन्दछन । यसका कयौ कोडभाषा वा डुप्लिकेट उपनामहरु पनि छन तर संसार भरमा प्राय प्रचलित नामहरु मध्य हेम्प सबै भन्दा बढी प्रचलनमा छन र सबैले प्राय यही भाषा वा शब्दमा यसलाई बुझ्दछन । यसलाई हेम्प बाहेक मारिवाना, विड, हासिज, जस्ता अनेकौ नामले पनि प्रख्यात रुपमा बुझिन्छ । यसका जति पनि नामहरु छन तिनको उदेश्य प्रयोजन र अर्थ पनि फरक फरक छन । जस्तो नेपालमा गाजा भन्नाले यसलाई सुर्ती जसरी बेरेर तान्ने र यसले मानिसलाई नसा लगाउँछ भन्ने हो यसको सुर्ती जसरी तान्ने प्रयोजनलाई गाजा भनिएका हुन तेस्तै भाङ्ग भनेको यस्का फुल, बिज र ठुप्पाको पत्ताको भाग वा यस बाट बनेको परिकारको एक उपभोग्य तत्वको नाम हो यि दुबै तत्व गाजा र भाङ्गले साच्चिकै नसा लाग्छ ।

गाँजा वा भाङ्गको उत्पादन चाहिँ नगरौ र यस प्रजातिका बोट लागाउन हेम्प ब्यावासयीहरु र किसानहरुलाई प्रतिबन्ध लगाऔं, हेम्प लगाउँ यसबाट लात्ता कपडा, औषधि, बिषादी, भाडाकुडा, हातहतियार, सौन्दर्य सामाग्रीहरु, भोजन जन्य सामाग्रीहरु लागायत हाजरौ थरिका सरसामाग्रीहरु बन्छ त्यसमध्ये नसा लाग्ने र समाजमा बिकृति फैलने गाँजा र भाङ्ग मात्रै हैन कुनै पनि मानिस, समाज वा वातावरणलाई हानी गर्ने समाग्रीहरु उत्पादन नगरौ बाँकी हेम्पबाट बन्ने बिभिन्न प्रयोजनका सम्पुर्ण समाग्री उत्पादन गर्न हेम्पलाई खुला गरौ भन्ने सबैको मनासय हो । यसलाई सरकार र सरोकार वालाहरुले बुझ्न जरुरी छ । बरु ढिलो नगरौ हेम्पलाई बैधानिकता दिन सके देशमा ठुलै आर्थिक परिवर्तन हुन्छ, धेरै हद सम्म गरिबी हटछ, गरिब किसान चाडै धनी बन्छ, प्रसस्त रोजगार त सृजना हुने नै भयो यसले अन्य अर्थतन्त्रका क्षेत्रमा समेत चाँडै सकरात्मक परिवर्तन गर्नेछ । यो एउटा नेपालको आर्थिक जादु हो सबैले बुझौ बुझक्कड नबानौ । सारा नेपाली जनताले चाहेको पनि यही हो ।

तर हेम्प भनेको औद्योगिक प्रयोजनका लागि गरिने खेती प्रणली र औद्योगिक ब्यवासाय हो भने अर्को बुझ्नुपर्ने कुरा हेम्प र गाँजा वा भाङ्ग उत्पादन गर्ने बोटै फरक हुन्छ । गाँजा वा भाङ्ग उत्पादन गर्ने बोट होचो र गुजुल्टा परेको तेत्ती अग्लो हुदैन भने हेम्प सुरिलो अग्लो र बाक्लो रोप्दा पनि हुर्कने बढने हुन्छ । यसका बोटै परक हुन्छन भने जागा वा भाङ्ग उत्पादन गर्ने बोटको प्रजाती अग्लो सुरिलो हुन्छ र यो नै अलग कुरा हुन, गाजा र हेम्पलाई सजिलै आखाले हेरेर नै छुट्याउन सकिन्छ । त्यो पनि अहिलेको बिकसित प्रबिधिबाट गाजामा भएको नसालाग्ने टि एच सि भन्ने तत्व सजिलै हटाउन सकिन्छ । टि एच सि हटे पछि मानव जिवन र वातावरणलाई नकरात्मक प्रभाव पर्ने कुनै तत्व नै बाकी रहदैदन ।

हेम्प भनेको यसको बोक्रा वा छाला, बाट बिभिन्न कपडा जन्य बस्तु उत्पदनका कच्चा पदार्थ, अन्य अंङ्गबाट औषधीय उत्पादन, बिजबाट सि.बि.डी.तेल, भोजनका परिकारमा प्रयोग गरिने उत्पादन, र अन्य हजारौ थरिका उपभोग्य समाग्रिहरु उत्पादनका निम्ति लगाइने खेती वा ब्यावासाय भनेको हेम्प हो त्यसैले विश्वभर यस्लाई हेम्प बिजनेस, हेम्प प्रडक्ट भनेर प्रख्यात गरिएको छ । यस्को बोटको ठेटको असली नेपाली नाम के हो प्रायलाई थाह छैन । सामान्य भाषामा बुझ्दा जसरी दुधबाट दही, घिउ, मोही, पनिर, खुवा, कुराउनी आदी सयौ थरिका परिकार बन्छ तेस्तै हेम्प बाट पनि हजारौ थरिका प्रडक्टहरु बन्दछन यसरी बनाउने उद्योग वा प्रडक्ट भनेका हेम्प हुन ।

तर गाँजा वा भाङ्गको उत्पादन चाहिँ नगरौ र यस प्रजातिका बोट लागाउन हेम्प ब्यावासयीहरु र किसानहरुलाई प्रतिबन्ध लगाऔं, हेम्प लगाउँ यसबाट लात्ता कपडा, औषधि, बिषादी, भाडाकुडा, हातहतियार, सौन्दर्य सामाग्रीहरु, भोजन जन्य सामाग्रीहरु लागायत हाजरौ थरिका सरसामाग्रीहरु बन्छ त्यसमध्ये नसा लाग्ने र समाजमा बिकृति फैलने गाँजा र भाङ्ग मात्रै हैन कुनै पनि मानिस, समाज वा वातावरणलाई हानी गर्ने समाग्रीहरु उत्पादन नगरौ बाँकी हेम्पबाट बन्ने बिभिन्न प्रयोजनका सम्पुर्ण समाग्री उत्पादन गर्न हेम्पलाई खुला गरौ भन्ने सबैको मनासय हो । यसलाई सरकार र सरोकार वालाहरुले बुझ्न जरुरी छ । बरु ढिलो नगरौ हेम्पलाई बैधानिकता दिन सके देशमा ठुलै आर्थिक परिवर्तन हुन्छ, धेरै हद सम्म गरिबी हटछ, गरिब किसान चाडै धनी बन्छ, प्रसस्त रोजगार त सृजना हुने नै भयो यसले अन्य अर्थतन्त्रका क्षेत्रमा समेत चाँडै सकरात्मक परिवर्तन गर्नेछ । यो एउटा नेपालको आर्थिक जादु हो सबैले बुझौ बुझक्कड नबानौ । सारा नेपाली जनताले चाहेको पनि यही हो ।

नेपालमा हेम्पलाई बैधानिकता दिएर खेती गरौ भनेर संसदमा बिधेक दर्ता गर्न लाग्दा दुइ थरि मानिसका भनाइहरु बजारमा गुन्जिरहेका छन । एउटा थरि गाँजा वा भाङ्गलाई बैधानिकता दिनु हुँदैन भन्दै उर्लिरहेका छन भने अर्को थरी नेपालमा हेम्पलाई बैधानिकता दिउ र आर्थिक बिकासमा कायापलट गरौ भन्नेहरु छन र संसदमा पनि यिनै दुई थरिका मानिसहरु छन । मेरो बिचारमा यी दुबै थरि मानिसहरु सही छन् र दुबै थरिमा केही नबुझेका भ्रमहरु छन र बुझाउन नसकेका कुराहरु पनि छन् सबै मिलेर अघि बढन पहिला यो भ्रम चिर्न जरुरी छ । भ्रम बाट मुक्त भयो भने सकरात्मक सोचको बिकास हुन्छ सकरात्मक सोचले सकरात्मक काम गर्दछ सकरात्मक कामले सकरात्मक परिणाम दिन्छ त्यो परिणाम भनेको गरिबी हटनु र बेरोजगारी घटनु हो ।

अब यसको वास्तविकता बुझ्न जरुरी छ । सकरात्मक सोच भएका बौद्धिक र बैज्ञानिकबर्गहरु भन्दछन हेम्पलाई बैधानिकता दिउँ आर्थिक विकासमा कायापलट हुन्छ भन्छन् भने केही नबुझेका मानिस जसले गाँजा र भाङ्ग भन्ने मात्रै बुझेका छन तिनले हैन यो नसाजन्य कुरा हो नसाले युवाहरु र समाजलाई बर्बाद गर्दछ नखुलाउदा राम्रो भनेर आफ्नो मत राख्दछन । यि दुबै थरिका मानिसहरुलाई मेरो सम्मान तर ब्यक्तिगत सल्लाह के भने हेम्पलाई बैधानिकता दिउ गाजा वा भाङ्गलाई हैन । फेरी प्रश्न उही उठन सक्छ यि त एउटै कुरा हैन भनेर ? म भन्छु यि दुई एकै हैनन् फरक फरक कुरा हुन तेसैले त बिबादित छ । सबैले बुझ्नु पर्ने कुरा के हो भने हामीले नसा लाग्ने गाँजा र भाङ्ग उत्पादन गरौ भनेको हैन । गाँजा सुर्ती जस्तै बेरेर तान्ने नसा लाग्ने कुरा हो सबैलाई थाह छ र भाङ्गलाई मानव शरिरमा अनेकौ कडा नसादिने तत्वको उत्पादन गरौ भनेको पनि विल्कुल हैन ।

हेम्पको उत्पादन गर्दा यी दुईथरि तत्व बनाउन प्रधिबन्ध गरौं हेम्प रोपौ यसको नसा दिने र मानव शरीरलाई हानि हुने तत्व छुट्याउने प्रबिधिको बिकास भईसकेको छ बरु यसको औद्योगिक उत्पादन गरौ र विश्व बजारमा हेम्पजन्य सयौं हजारौं थरिका उत्पादित सामान बेचेर अराबौं डलर कमाउ, लाखौं लाख बेरोजगारलाई रोजगार दिउँ, बाँझो जमिनलाई हेम्प उत्पादनमा प्रायेग गरौ, आर्थिक बिकासमा कायापलट ल्याउँ, विश्व बजारमा हाम्रा उत्पादन पुर्याउँ, बिदेशी पुँजी नेपालमा ल्याउँ, बिभिन्न प्रबिधिको बिकास गरौं आफुसँग नभएका आधुनिक प्रबिधि बिभिन्न देशबाट नेपाल ल्याउँ, हेम्पसँगै कृषि क्षेत्रमा ब्यापक क्रान्ति हुन्छ त्यसका कारणहरु छन् । त्यसैले जतिसक्दो चाँडो हेम्पलाई बैधानिकता दिन प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, सांसद लागायत सम्पुर्ण नेपाली एक जुट हौ हेम्पलाई बिदेशीले नखुलाउँ भने पनि खुल्ला गरौ केही बर्षमा नै आर्थिक चमत्कार देखिन्छ नेपालमा ।

बिदेशी र यिनका एजेण्टहरुले ईर्ष्याले नखुलाउ यो नार्कोटिक ड्रग्स नै हो भन्लान तिन्का कुरा नपत्याउ नत्र तिनै देशहरु जस्ले हेम्प र गाजालाई एउटै बर्गमा राखेर प्रतिबन्ध गरेका थिए तिनैको देशहरुमा पुरै खुल्ला गरिएका छन । नेपाल र नेपालीको प्रगति देख्न नसक्ने तत्वहरुले खुलाउन हुदैन भन्लान होसियर यि नेपाली बिरोधी तत्व हुन यिन्ले गाजा मात्रै हैन हरेक आर्थिक बिकासमा भाजो हालि रहन्छ र यो देशलाई सधै परनिर्भर र गरिब बनाई रहन चहान्छ ।

हेम्पले कृषि क्षेत्रमा कसरी क्रान्ति ल्याउँछ यस्को पनि केही चर्चा गरौं । कुरा यस्तो आउँछ, माटो जिबित तत्व हो भन्ने प्रायलाई थाह छैन र बिषादी र रासायनिक मल र रासायनिक पदार्थको प्रयोगले नेपालको माटो मरी सकेका छन जस्लाई अंग्रेजीमा डेड सोएल भनिन्छ । कतिलाई पनि थाह छैन र साहेद यो कुरा प्रायलाई थाह नहुन सक्दछ । कतिपयलाई माटो कसरी जिबित तत्व हो र किन भन्ने लाग्न सक्दछ । माटोमा बिभिन्न सुक्ष्मा जिवाणुहरु र बिभिन्न जिव जिवाणुहरु माटोमा पुरै इकोसिस्टम बनाएर बसेका हुन्छन । ति सुक्ष्म जिवाणु र जिवहरु जस्तो ब्याक्टेरिया, फङ्गगस, इष्ट आदि लगायत अति सुक्ष्म र सुक्ष्म जिवाणुहरुले माटो भरिएको हुन्छ, सुक्ष्मा जिवाणु बाहेक विभिन्न जिबहरु हुन्छन जस्तो गड्यौला, कमिला, खजुरा लागाएतका थुप्रै किराहरु वा जिव जिवाणुहरु मटो भित्र एक आर्कामा पर आश्रित भएर बाचेका हुनछन र ति सम्पुर्ण जिब जिवाणुका बिभिन्न तत्वहरु बोटबिरुवाहरुको अमृत भोजन हो जुन जराबाट पानी र हावाको माध्यम बाट बोटबिरुवाले शोषण गर्दछ र राम्ररी हुर्कन्छ बढछ तर रासायनिक पदार्थ, रासायनिक मल, बिषदी र रासायनिक खाद्य तत्वका कारण ति सुक्ष्म जिव जिवाणुहरु पुरै मरिसकेका छन त्यसैले हालका दिनमा नेपालको माटो मरि सकेको प्रमाणित हुन्छ जसका कारण न रासायनिक मल बिषदी हाल्दा खेती सप्रन्छ नत पशुपंछीका प्राङ्गारिक र जैबिक मल हाल्दा बालिनाली सप्रन्छ ।

रासायनिक मल र बिषादी नेपाली किसानहरुको बरदार हैन अभिसाप बनेको सरकारलाई समेत थाह छैन । हो यही रासानिक र बिषदी पदार्थले नष्ट गरेको सुक्ष्मा जिवाणु पुण जिबित बनाउन, माटोको उर्भर शक्ति बढाउन, माटो जिबित बनाउन, जैबिक खाद्य उत्पादन गर्न, माटोको सम्पुर्ण उर्भर शक्ति बढाउनका लागि हेम्पले ठुलो भुमिका खेल्दछ किनभने हेम्पले यस्ता तत्व सृजना गर्न, जिबित बनाउन र माटोका सम्पुर्ण अवगुण हटाई जिबित र स्वस्थ माटो बनाउन एकै पटकको हेम्प खेतीबाट सम्भव छ । यो कुनै मनगडन्ते कुरा र कुनै हचुवाको भरको कुरा हैन संसारका कयौ बैज्ञानिकहरुले खोज अनुसन्धान गरी प्रमाणित गरेको बैज्ञानिक उपलब्धी हो अवधारणा मात्रै हैन बैज्ञानिक तथ्य हो । त्यसैले कुनैपनि खेतबारीमा एक पटक हेम्प रोपिदिए पछि माटो जिबित मात्रै बन्दैन यि रासायनिक मल र बिषादी नै प्रयोग नगरी खेती गर्दा पनि यि मल बिषादी हालेको भन्दा जैबिक र प्राङ्गारिक मल हालेर उत्पादन गरेको खेतिपाती दोब्बर बृधि भइ किसान बर्गका लागि हेम्प पुण बरदान बन्नेवाला छ तेसैले पनि नेपालले तुरुन्तै हेम्पको ब्यावासायिक उत्पादन गरेर अघि बढनु नितान्तै जरुरी छ । अझ सरकारले यही बजेट भाषणमा हेम्पलाई बैधानिकता दिन सक्यो भने यो सरकार प्रति जनताको बिश्वास र समर्थन सदाकालसम्म रहने पक्का छ किन भने जनतालाई गरिबी र बेरोजगारको महादशाबाट मुक्ती चाहिएको छ हेम्पको बैधानिकताले यो महादसा सदाका लागि दुर हुन सक्दछ र जनताको रोजीरोटी, गरिबी र बेरोजगारको दशा हल गर्ने छ जसको कारण जनताले यो जनताको सरकार भनेर फेरी पनि यही सरकार चाहिन्छ भन्ने छ । प्रजातन्त्रमा जनताको अभिमत भन्दा ठुलो शक्ति अरु केही हुदैन भन्ने हेक्का राखेर भएपनि हेम्पको उत्पादनलाई बैधानिकता दिन जरुरी छ ।

सरकारले यही बजेट भाषणमा हेम्पलाई बैधानिकता दिन सक्यो भने यो सरकार प्रति जनताको बिश्वास र समर्थन सदाकालसम्म रहने पक्का छ किन भने जनतालाई गरिबी र बेरोजगारको महादशाबाट मुक्ती चाहिएको छ हेम्पको बैधानिकताले यो महादसा सदाका लागि दुर हुन सक्दछ र जनताको रोजीरोटी, गरिबी र बेरोजगारको दशा हल गर्ने छ जसको कारण जनताले यो जनताको सरकार भनेर फेरी पनि यही सरकार चाहिन्छ भन्ने छ । प्रजातन्त्रमा जनताको अभिमत भन्दा ठुलो शक्ति अरु केही हुदैन भन्ने हेक्का राखेर भएपनि हेम्पको उत्पादनलाई बैधानिकता दिन जरुरी छ ।

यस बिषयमा अर्को एक बिशेष कुरा पनि छ । हामी काम भन्दा बढी हल्ला र कुरा गरेर समय बबार्द गर्दछौ । आर्थिक बिकासका लागि हाम्रा पहिलो सर्त उत्पादनमा आत्म निर्भर दोश्रो चरणमा निर्यातमुखी उत्पदन तेश्रो चरणमा विस्व बजारमा आफ्ना उत्पदित समानको सम्प्रभुत्व चाहिन्छ । विश्व बजारमा सामान पुर्याउन थुप्रै स्थितिहरु पार गर्नुपर्दछ यसका कयौ माप दण्ड र सर्तहरु हुन्छन, निति तथा रणनितिहरु हुन्छन । नेपाललाई आफ्नो देशका उत्पादित समान विस्व बजारमा पुर्याउन तेति सजिलो छैन तर हेम्पको उत्पादित समानहरु विस्व बजारमा पुर्याउन एकदमै सजिलो र सहज छ । मैले बुझेका कतिपय जानकारी अनुसार यति खेर विश्वका कयौ देशहरुले नेपालमा हेम्प बैधानिकता दिन्छ कि दिदैन भनेर नियाली रहेका छन । नेपालको चार महिना सम्मको लागातारको बर्षात मौसम समुन्द्रि सतह बाट ५८ मि. देखि ८८४८ मि.को उचाइ भएको भुधरातल छन्, छ वटा ऋतु मात्रै हैन पूर्बदेखि पश्चिमसम्मको तेर्सो भू-भाग भएकाले यस स्थानमा विश्वकै सबै भन्दा उत्कृष्ट आर्गानिक हेम्प उत्पादन गर्न सकिनेछ, यहाको माटो र हावा पानी बर्षै भरी हेम्प उत्पादन गर्न सकिनेछ, यहाँका खाली र बाझो जमिन, सस्तो म्यनपावर र बिशेष कुरा नेपालमा पाईने केही प्रजातिका हेम्पहरु विश्वकै उत्कृष्ट भएको प्रमानित भएको छ बिदेशीहरु यही देखेर विश्वका थुप्रै देशहरुबाट अरबौ डलार लागनी, उच्चतम प्रबिधिका मेसिन औजार, यस सग सम्बन्धित ज्ञान लिएर आउन तम तयार रहेछन तेती मात्रै हैन खरबौ रुपैयाको बजार ब्यावस्था समेत लिएर आउन तयार रहेछन । उनीहरु नेपालमा हेम्प बैधानिक बनोस भनेर दिन कुरी रहेका छन ।

विश्व बजारमा कुनैपनि देशका उत्पादन पुर्यान वा आर्थिक बिकासका लागि प्राकृतिक श्रोत, मानव श्रोत, पुँजी, प्रबिधि, बजार ब्यावस्थापन, नियम कानुन, बौद्धिक र ब्यावाहारिक ज्ञानको आवास्यकता पर्दछ । हेम्पको हकमा यि सबै कुराहरु तयारी छन एउटा मात्रै कुरा हो सरकारबाट बैधानिकता । यदि सरकारले बैधानिकता दियो भने एक बर्षभित्र नै अरबौ डलर नेपालमा लागनी भित्रने निश्चित छ । खरबौका बजार पनि तिनै पुँजी बोकेर आउनेहरुले लिएर आउने, प्रबिधि पनि तिनैले लिएर आउने, बौद्धिक तथा ब्यावाहारिक ज्ञान पनि तिनैले लिएर आउने नेपालले मात्रै कानुन पास गरि दिए पुग्ने रहेछ ।

सरकारलाई यो भन्दा सजिलो र भर पर्दो आर्थिक बिकास र प्रगतिका लागि अरु के होला ? जनताका जमिन र जाताका पसिना जान्छ बिदेशीका पुँजी र प्रबिधि आउँछ बजार ब्यावस्थापन पनि जनता र बिदेशीले नै मिलाउँछ त्यसैले सरकारले तुरुन्तै यही आर्थिक बर्षको बजेट भाषणमा हेम्पलाई बौधानिकता दिएर नेपालका गरिब जनताको जिवन स्तर उकास्ने छ भन्ने कुरामा लाखौ नेपालीहरु आशावादी मात्रै छैनन यदि यो कानुन पास गराउन सकेन भने यो सरकार र पार्टीहरुको छबी समेत गिराउन तयार छन किन भने यो बिधेक पास गर्यो भने साच्चैको गरिब जनताको जिवन स्तर उस्कनेछ । बुझ्दै नबुझेका जनताले पनि यास्को सकरात्मक परिबर्तन देखेर प्रगति उन्नती देखेर यो सरकारको जय जयकार गर्ने छ । त्यसैले जनता सरकार सबैका लागि हेम्प बैधानिकता अचुक आर्थिक क्रान्तिको अमृत हो महामन्त्र हो महा अवसर हो त्यसैले सरकार र यससँग सम्बन्धित सम्पुर्णमा म हेम्पलाई यसै बर्षको बजेट भाषणमा समेटन हार्दिक अनुरोध गर्दछु ।

चार लाईनको बैधानिकताको कानुन, दश लाईनको सुरक्षा र नियन्त्रणको निती, प्रत्येक चौकीमा एक पेजको नियन्त्रण कानुन बनाएर हेम्पलाई बैधानिकता दिन ढिलो र कन्जुस्याई गर्यो भने हामीले फेरि पछुताउनु शिवाय अरु केही बाँकी रहने छैन किन भने ति हाम्रा देशमा लागनी र प्रबिधि लिएर आउन कुरी रहेका लागनीकर्ताहरुले नेपाल मात्रै हेरि रहेका छैनन अन्य कयौ सम्भाबित मुलुकका सम्भावनाहरु पनि अध्यान गरि रहेका छन यदि अहिले त्यो पुँजी, प्रबिधि र बजार नेपाल आउन सकेन भने ति तयार भएका पुँजी र प्रबिधिहरु अन्य देशमा गईसकेपछि बैधानिकता दिनको कुनै तुक रहने छैन ति पुँजी र प्रबिधि बोकेर अन्य देशमा छिरेपछि बजार पनि उतै लगेर जाने छन् अनि नेपाल हेरेको हेर्यै हुने पक्का छ र एक बर्ष मात्रै ढिला गर्यो भने यि कुरा हाती आयो हाती हायो फुस्सा, आकासको फल आँखा तरि मर भन्ने उखान बन्ने छ । त्यसैले सबैले यो कुरा समयमै बुझ्न जरुरी छ हेम्पलाई तुरुन्तै बैधानिकता दिउँ विश्वमा फैलिएको कोरोना महामारीबाट सिर्जित बेरोजगारी समस्या हल गर्न, यहाँका तमाम अभाव र गरिबी हटाउन र सबैको भलाईका सर्बोतम बिकल्प भनेकै हेम्पलाई बैधानिकता दिनु हो र याद गरौं नेपालका जटिल आर्थिक समस्या हल गर्न हेम्प बाहेका अन्य सबै बिकल्पहरु जटिल र कठिन छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...