YouTube Link

मिचिएको भूमि कहिले फिर्ता हुन्छ प्रधानमन्त्रीज्यू ?

Facebook Link

काठमाडौं: भारतले नेपालको सीमा मिचेको भूभागको नक्सा समेटेर गत बुधबार नयाँ नक्शा सार्वजनिक गरेको छ । सरकारले अब नेपालको नयाँ भूभागमा कहिलेदेखि भोगचलन गर्न पाउँछ भन्ने प्रश्न गम्भीर बनेको छ ।

केही दिनअघि मन्त्रिपरिषद्को बैठकले नक्शा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेत समावेश गरेर नयाँ नक्शा प्रकाशित गरेपनि भूमि कहिलेदेखि नेपालले प्रयोग गर्न पाउने भन्ने टुंगो छैन । सरकारले चाँडै भूमि पनि फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरिरहेका छन् ।

भारतले गत कार्तिक १६ गते नेपालको भूमि समेटेर राजनीतिक नक्शा सार्वजनिक गरेपछि भारतको विरोध हुँदै आएको थियो । भारत सरकारले नेपालको कदमप्रति आपत्ति जनाएको छ । भारतको विदेश मन्त्रालयले नेपालले चालेको कदमप्रति असहमति मात्र जनाएन, यसरी नै अघि बढ्न खोजे थप समस्या पर्ने चेतावनी समेत दिएको छ ।

अहिले नेपालको भूमि भनिएको यो जमिन भारतले पनि आफ्नो नक्सामा राखेकाले भारतले यो जमिन छोड्छ कि छोड्दैन भन्ने विषय पनि प्रमुख रुपमा समस्या बनेको छ । अन्य देशले पनि यसलाई नजिकबाट नियालिरहेका छन् । संविधान बने पनि भारतले असन्तुष्टि जनाउँदै गरेको नाकाबन्दीको विरुद्धमा बोलेर चर्चा कमाएका ओलीलाई अहिले यो अवसर भएको छ । नक्सा मात्र होइन, जमिन नै फिर्ता लिएर भोगचलन गर्न शुरु गराउन सके भने उनको राजनीतिक उचाई आगामी दिनमा थप बढ्ने छ ।

नाकाबन्दीको विरुद्धमा ओली बोलिरहँदा नेपाली काँग्रेस भने चुपचाप बसेको थियो । ओलीले यसैलाई एजेण्डा बनाएर प्रतिनिधिसभाको यो निर्वाचनमा अत्याधिक मत लिन सफल भए । यो विषय पनि अहिले उनका लागि एउटा राम्रो अवसर बनेको छ । तर, भारतसँग दुश्मनी किन गर्ने भन्दै उनी चुपचाप बस्ने हो भने यो विवाद अझै बल्झने खतरा छ ।

 

नेपाल र नेपाली जनताको हित चिताउँदै सरकारले यो बेला कडा कदम चाल्नु पर्ने खाँचो छ । आफूलाई राष्ट्रवादी भनाउने प्रधानमन्त्री ओलीले भारतसँग थप छलफल र वार्ताको माध्यमबाट सिमा विवाद मिलाउन सकने सरकारको पक्षमा पनि मानिसहरुको लहर लाग्ने छ । तर, गफ मात्र गर्ने काम नगर्ने हो भने अनेकन टिकाटिप्पणी झेलि रहनु पर्ने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...