नेपालमा एकै दिन थप १ सय १४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ८ सय ८६ पुग्यो
वि.सं.२०७७ जेठ १४ बुधवार १७:०५
1.7K
shares
काठमाडौं: नेपालमा आज मात्रै थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये अधिकांश भारतबाट आएका मानिसहरु रहेका छन् । आजसम्म ५८ हजार २ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालय प्रवक्ता डा. देवकोटाले जानकारी दिए । कोरोना संक्रमित मध्ये १ सय ८३ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ १४ बुधवार १७:०५



















