Texas College
YouTube Link

लकडाउनमा अनलाइन पढाई क्लास कसरी लिने ?

Facebook Link
vision

एक्कासौ शताब्दीमा सुचना प्रबिधिले ठुलै फड्को मारेको थियो, कालो डसको कमाण्ड लाइन देखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एम बिको र्याम अनि बिल गेट्सले नै १९८० ताका ६४० के बि रर्याम नै पर्याप्त हुन्छ भनेका पनि थिए । कुनैबेला रर्याम एउटा निश्चित एकाइमा पुगेपछि थप्नु पर्दैन भन्ने कुरा जुन आज आएर ८ जीबीसम्म अहिलेको बजारमा पाउन थाल्यो र आवश्यकता अनुसार १६ जिबी ३२ जिबी पनि पर्सनल कम्प्युटरको मागमा आउन थाल्यो । गेमिंग सिस्टम अनि सर्भरमा रर्यामको प्रयोग धेरै नै हुन्छ, आवश्यकता अनुसार कस्टमाइजेसन गरेर ब्रान्डेड वा एसेम्बल्डसिस्टम किन्न पनि पाइन्छ, साथै ल्यापटप नयाँ किन्दा समेत रर्याम थपेर अनि हार्ड डिस्क ड्राइभको सट्टामा सोलिड इस्टेट ड्राइभ परिवर्तन गरेर लिन सकिन्छ ।

वर्क फ्रम होमलाई अबको दिनमा नेपालमा पनि यसै अनुसार केहि परिमार्जन गर्दै लैजाने हो भने त्यसले उत्पादकतामा राम्रो परिणाम लिएर आउन सक्छ । जब वर्क फर्म होमको विकास र बिस्तार यसरी हुदै जान्छ भने स्टडी फ्रम होमले पनि स्थान पाउने छ ।

प्रबिधिसँग जोडिएका सबै कुरालाई यही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, रर्याम, हार्डडिस्क आदि आजकल सस्तोमा साथै ठुलो समुदायमा खरिद योग्य हुँदै गएको छ । आज कम्प्युटरले धेरै क्षेत्रलाई ठुलो सहयोग गरेको छ । कम्प्युटर भन्नाले डेस्कटप कम्प्युटर मात्र नभई ल्यापटप, स्मार्ट मोबाइल फोन, साथै कम्प्युटरकृत ठुला ठुला परियोजनाका मेसिन अनि स्वचालित इन्जिन आदि पनि हुन् जसले डाटाहरुलाई निक्कै नै द्रुत गतिले प्रोसेस गर्दछन । रर्याम कम वा धेरै चाहिने हो भन्ने कुरा यहि डाटा प्रोसेस गर्नको लागि हुने प्रक्रियाले निर्धारण गर्दछ ।

एक स्तरमा चलिरहेको सुचना प्रबिधिको प्रयोगलाई कोरोना भाइरस माहामारीको लक् डाउनले यसै प्रबिधिलाई अनेक तरिकाले प्रयोग गर्न सकियो । यो फेसबुक, इन्सटाग्राम, टिकटक वा भनौ सोसल मिडियामा मात्र सिमित नरही वा व्यक्तिगत च्याट, भिडियो कलिंग, व्हाट्सयाप, भाइबर, इमो वा इस्काईपदेखि अलग्गै पनि संसार छ भनेर प्रस्तुत गर्न थाल्यो । गुगलको ह्यांगआउट (गुगल मिट), माइक्रोसफ्टको टिम (इस्काईप), भिडियो कन्फ्रेंशकलिंग कल गर्ने जुमका युजरहरु रातारात बढ्न थाले ।

वर्कफ्रम होम :
सुरु सुरमा नेपालमा खासै प्रयोग नभएपनि सन् २०२० को मार्च महिनादेखि वर्क फ्रम होमले निक्कै नै प्राथमिकता पायो । वर्क फ्रम होम कुनै नयाँ शब्द भने अवश्य थिएन । नेपालमै पनि केहि संस्थाहरुले यसलाई शुरुदेखि नै अङ्गीकार गर्दै लागेका थिए । एनसेल, स्ट्यानडर्ड चार्टर्ड बैंक आदिले यसलाई शुरुदेखि नै प्राथमिकता दिदै आएका थिए । वर्डप्रेसका संस्थापक म्याट मुलेंवेगले यस बिषयमा २०१९ फेब्रुअरी ५ मा टेड टक मार्फत एउटा भाषणमा वर्क फ्रम होमको बारेमा निक्कै रोचक कुरा भनेका थिए जुन भिडियो १८ लाख ८६ हजार भन्दा बढी पटक हेरिएको छ, अहिले आएर संसारको हरेक कुना कुनामा वर्क फ्रम होमको विकास गइरहेको हुदैछ ।

वर्क फ्रम होमलाई अबको दिनमा नेपालमा पनि यसै अनुसार केहि परिमार्जन गर्दै लैजाने हो भने त्यसले उत्पादकतामा राम्रो परिणाम लिएर आउन सक्छ । जब वर्क फर्म होमको विकास र बिस्तार यसरी हुदै जान्छ भने स्टडी फ्रम होमले पनि स्थान पाउने छ ।

स्टडी फ्रम होम:
जब कुनैपनि अफिशमा काम गर्ने व्यक्तिले घरमै वा कुनै स्थानमा बसेर काम गर्न सक्छ भने बिद्यालय, कलेज अनि कुनैपनि शैक्षिक संस्थाले येही कुरालाइ केहि हदसम्म अगाडी बढाएर स्टडी फ्रम होमको अबधारणालाइ मुर्त रुप दिन पनि सक्नेछन । अनलाइनबाट क्लास गराउने, होमवर्क दिने, चेक गर्ने, हाजिरी गर्ने, भिडियो कल र कन्फ्रेंस मार्फत बिद्यार्थीले शिक्षकलाइ सोध्ने, शिक्षकले बिद्यार्थीलाइ सोध्ने, आदि गर्न पनि सकिन्छ । त्यसले गर्दा शुरु शुरुमा असहज पर्न सक्ला तर यसले फाइदा भने अवश्य पुर्याउँछ । नेपालमा यो कुरा नयाँ नै हो भन्ने छैन । लक् डाउनको अवस्थामा पनि शुरुदेखि नै ब्रिटिश कलेजले आफ्ना बिद्यार्थीका लागि अनलाइन मार्फत कक्षा संचलान गर्न थाल्यो । यहि कुरा लाई केहि अन्य कलेज तथा शैक्षिक संस्थाहरुले अंगीकार गर्दै अनलाइन मार्फत कक्षाहरु संचालनमा लिएर आइरहेका छन् ।

लक् डाउनको अवस्थामा पनि शुरुदेखि नै ब्रिटिश कलेजले आफ्ना बिद्यार्थीका लागि अनलाइन मार्फत कक्षा संचलान गर्न थाल्यो । यहि कुरा लाई केहि अन्य कलेज तथा शैक्षिक संस्थाहरुले अंगीकार गर्दै अनलाइन मार्फत कक्षाहरु संचालनमा लिएर आइरहेका छन् ।

अनलाइन मार्फत कक्षा र अनलाइन पठनपाठन भिन्नै कुरा भने हैनन तर अनलाइन कक्षा भन्नाले अनलाइन मार्फत पढाउने अनि अनलाइन पठन पाठन भन्नाले भौतिक कक्षाजस्तै हाजिर गर्ने, होमवर्क दिने, आदि पर्दछन ।

अनलाइन कक्षा कसरी संचालन गर्ने ?
इन्टरनेट मार्फत गुगल क्लासरुम, मुडल, माइक्रोसफ्ट टिम्स, ब्लाकबोर्ड अनि तेस्तै केहि अन्य ई-लर्निंग म्यानेजमेन्ट सिस्टमको प्रयोगबाट अनलाइन कक्षासंचलान गर्न सकिन्छ । भिडियो कन्फ्रेंसिंग गर्ने योग्य भएको इन्टरनेट स्पिडबाट सजिलै संग यस्ता कक्षासंचालन गरिन्छ । जसमा बिद्यार्थी र शिक्षक बीचमा हुने हरेक क्रियाकलापलाइ यस्ता लर्निंग म्यानेजमेन्टका प्लाटफर्मले सहज बनाउँछन ।

बिकशित राष्ट्रतिर फर्केर हेर्ने हो भने मुडल, ब्लाकबोर्ड, क्यानभास आदिले आफ्नो प्रभुत्व जमाई सकेका छन । माइक्रोसफ्टले आफ्नो प्रडक्ट माइक्रोसफ्ट टिम्स मार्फत यस्तो लर्निंग म्याजेंमेंटको सिस्टम उपलब्ध गराउछ । येडोबले पनि येडोब क्यापटिभेट मार्फत लर्निंग म्यानेजमेन्ट सिस्टम संचलान गर्न सहयोग पुर्याउछ ।

लर्निंग म्यानेजमेन्ट सिस्टमः
कुनै ओपन सोर्स पनि हुन्छन जसलाई आफ्नै सर्भरमा होस्ट गर्नु पर्दछ भने कुनै फ्रिमियम मोडलका हुन्छन भने कुनै लाइसेन्स भर्सन हुन्छन जसलाई बार्षिक रुपमा केहि रकम बुझाउनु पर्ने हुन्छ । यस्ता लर्निंग म्यानेजमेन्ट सिस्टमले होमवर्क दिने, त्यसका बारेमा जानकारी लिने, बिद्यार्थीहरुलाइ ग्रेडिंग गर्ने, विध्यार्थी र शिक्षक बिचमा कम्युनिकेसन, रिपोर्टको ओर्जिनालिटी हेर्ने, कही बाट कपि गरेको हो कि, हुबहु सारेको हो कि, त्यसको सोर्स हेर्ने, कुनै पनि शुरु गरेको कोर्सलाइ कोर्स सकिएपछि आर्काइभ गर्ने, मोबाइल याप्सबाट एक्सेस गर्न सकिने प्राबधान मिलाइएको हुन्छ, परीक्षा बनाउन सकिने, अभिभावकलाइ जोड्ने अनि अभिभावकले दैनिक वा साप्ताहिक रुपमा बिद्यार्थीको रिपोर्ट हर्न सक्ने, शिक्षकले क्लास वा कोर्स बनाउने सक्ने, क्लास वा कोर्स मै प्रस्नोतर गर्ने, कुन कुन बिद्यार्थीले गृहकार्य गरेको नगरेको आदि जस्ता धेरै नै फिचर हुन्छन, साथै मोड्युल अनुसार के के फिचर लिने भन्ने पनि आफै निर्धारण गर्न सकिन्छ ।

लर्निंग म्यानेजमेन्ट सिस्टम मार्फत कक्षा, ट्रेनिंग, परीक्षा साथै सर्टिफिकेटहरु बनाउन सकिने हुन्छ । यस्तो लर्निंग म्यानेजमेन्ट सिस्टममा विभिन्न युजर रोलहरु हुन्छ जसले गर्दा कुन कक्षामा के भैरहेको छ, कस्तो पर्फर्मनेंस छ, कक्षाकोफ्लो कस्तो जादै छ भन्ने बिषयमा एडमिनका रोल अनुसार हेर्ने प्राबधान हुन्छ ।

एड मोड़ो यल यम यस (Edmodo LMS)टिचर (Teacher) ड्यास बोर्ड ३६५ (Dashboard 365), ट्यालेन्ट यल यम यस (Talent LMS), क्लास लाईफ (Classlife), ब्राइट स्पेस (Brightspace), स्कुलोजी (Schoology)लर्न ड्यास (LearnDash), सि स यल यम यस (Seesaw) LMS, लर्न अपन (LearnUpon), प्लान टुस (Plantoost), टिचेबल Teachable आदिबाट आवश्यकता अनुसार उपयोग गरि अनलाइन क्लास रुम संचालन गर्न सकिन्छ ।

लर्निंग म्यानेजमेन्ट सिस्टमले शिक्षक वा प्रशिक्षकलाइ सजिलो तरिकाले बिषयबस्तुको कन्टेन्ट बनाउने, बिद्यार्थीलाइ मनिटर गर्ने, छलफलहरुको लागि प्राबधान मिलाउने, भिडियो कन्फ्रेंसिंगहरु संचलान गर्न सक्ने व्यवस्था मिलाउछ ।

सास (SaaS सफ्टवेयर एज अ सर्भिस) मा आधारित लर्निंग म्यानेजमेन्ट सिस्टम क्लाउडमा होस्ट भएको हुन्छ सफ्टवेयर एज अ सर्भिसका सबै प्लाटफर्महरू क्लाउडमा होस्ट भएका हुन्छन जसले गर्दा ग्लोबल एक्सेस मार्फत सि डी यन टेक्नोलोजीमा आधारित भै नजिकको सर्भर लोकेसन मार्फत एक्सेस गर्न सकिन्छ । ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टमका कोडलाइ आफ्नै लोकल वा कुनै पनि रिमोट सर्भरमा आफ्नो आवश्यकता अनुसारको र्याम, अपटाइम, डिस्क स्पेसछानेर भी पी यस सर्भरमा होस्ट गरि संचालन सकिन्छ, गुगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम जस्ता अरु विभिन्न सब्स्क्रिप्सन बेस्ड या फ्रिमियम (बेग्ला बेग्लै प्लान मद्धे कुनै एक निशुल्क र अन्य शुल्क लाग्ने) बेस्ड लर्निंग म्यानेजमेन्ट सिस्टमको सब्स्क्रिप्सनहरु निश्चित माशिक वा बार्षिक रकम तिरेर मात्र लिन सकिन्छ ।

गुगल क्लासरुम:
गुगलले गुगल क्लासरुम को प्रिभिउ ६ मे २०१४ मा आफ्नो जी सुइट अन्तर्गत गुगल येजुकेसनमा उपलब्ध गरायो, अनि २०१७ मा सबै गुगल युजरका लागि खुल्ला गरिदियो साथै सोहि वर्ष अप्रिलमा सबै गुगल युजरलाइ क्लास बनाउन र कक्षा संचालन गर्ने प्राबधान मिलायो । गुगल क्लासरुमले गुगल ड्राइभ, गुगल डक्स, गुगल शिट्स, अनि जिमेल सबैलाई मिलाएर शैक्षिक संस्थालाइ पेपरलेस बनाउन सक्ने बनायो । गुगल क्लासरुमका कक्षाहरु स्वत गुगल ड्राइभमा आएर कोर्स र क्लास अनुसार फोल्डरहरु बनेर बस्छ ।

माइक्रोसफ्ट क्लास रुम:
माइक्रोसफ्ट टिम मार्फत संचालन गर्न सकिने माइक्रोसफ्ट क्लासरुम बिद्यार्थी र शिक्षक बीचमा होमवर्क हेर्ने, परिमार्जन गर्ने, अनि येसाइनमेन्टको वर्कफ्लो हेर्न सकिने हुन्छ । यसै मार्फत माइक्रोसफ्टको क्लाउडड्राइभ, वान नोट, आउटलुक क्यालेन्डर, इभेन्ट र रिमांईडर निश्चित गर्न सकिने छन् । माइक्रोसफ्ट क्लासरुम संचालन गर्न अफिश ३६५ को शैक्षिक सब्सक्रिप्सन हुनु पर्दछ ।

मुडल:
मुडल ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टम हो, जुन आफुलाइ चाहिए जस्तै गरि परिमार्जन गर्न सकिन्छ । तर त्यसका लागि केहि अतिरिक्त ज्ञानको आवश्यकता भने पर्दछ । आफ्नै सर्भरमा होस्ट गर्ने वा आफ्नै स्कुल कलेजमा होस्ट गर्ने समेत गर्न सकिन्छ । जति नजिकको सर्भर लोकेसनमा होस्ट गर्यो यो एक्सेस गर्न त्यतिनै सजिलो र छिटो हुन्छ । बिद्यार्थीको वा युजरहरुको संख्याको आधारमा यसको लोड क्यालकुलेसन गरेर यसलाई कस्टम सर्भरमा राख्न सकिन्छ । मुडल विन्डोज बेस्ड वा वेब बेस्ड इन्स्टलरमा पनि उपलब्ध छ । जसले केहि क्लिकको भरमा नै त्यसलाई इन्स्टल गर्ने ब्यवस्था मिलाई दिन्छ ।

मुडल, माइक्रोसफ्ट टिम्स, गुगल क्लासरुम जस्तै अन्य विभिन्न लर्निंग म्यानेजमेन्ट सिस्टमका सास बेस्ड, फ्रिमियम बेस्ड र ओपन सोर्स बेस्ड टुलहरु उपलब्ध छन् । एड मोड़ो यल यम यस (Edmodo LMS)टिचर (Teacher) ड्यास बोर्ड ३६५ (Dashboard 365), ट्यालेन्ट यल यम यस (Talent LMS), क्लास लाईफ (Classlife), ब्राइट स्पेस (Brightspace), स्कुलोजी (Schoology)लर्न ड्यास (LearnDash), सि स यल यम यस (Seesaw) LMS, लर्न अपन (LearnUpon), प्लान टुस (Plantoost), टिचेबल Teachable आदि छन् जुन आवश्यकता अनुसार उपयोग गरि अनलाइन क्लासरुम संचालन गर्न सकिन्छ ।

(लेखक सुचना प्रबिधिका विद्यार्थी हुन्, उनले २००५ सालमा भारतको हैदराबाद बाट सुचना प्रबिधिमा स्नातक गरेका र बिगत १७ वर्ष देखि सूचना प्रबिधिको क्षेत्रमा कार्यरत छन् । )

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

वि.सं.२०८२ चैत १३ शुक्रवार १४:११

भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शन र क्षतिबारे...

इजरायलको पक्षमा उभिनै पर्ने अमेरिकी बाध्यताका कसीहरू

इजरायलको पक्षमा उभिनै पर्ने अमेरिकी बाध्यताका कसीहरू

वि.सं.२०८२ चैत २ सोमवार १६:४८

  सन् १९४८ मा तत्कालिन प्यालेस्टाइनी भूमिमा इजरायलको स्थापनादेखि अमेरिका...

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

वि.सं.२०८२ फागुन ४ सोमवार १२:४०

  वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं...