YouTube Link

महेन्द्रलाई ‘कू’ गर्दा बालुवाटारमा हलचल, प्रचण्डको किचेन क्याविनेटमा यस्तो हुँदैछ छलफल

Facebook Link

काठमाडौं: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही माथि नेपाल कम्युनिष्ट पार्टीकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसको पराकम्प बालुवाटारसम्म पुगेको छ ।

कर्णालीको त्यो पराकम्पले बालुवाटार हल्लिएको कुरा बाहिर आएसँगै अहिले पराकम्प कम गराउने पक्षमा पार्टी नेतृत्वले भित्रभित्रै थालनी गरेको भएपनि त्यसले मूर्तता भने पाईसकेको छैन ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै मुख्यमन्त्री शाहीले संसदीय दलका प्रमुख सचेतक गुलाफजङ शाहलाई निलम्बन गरेर उनको ठाउँमा सीता नेपालीलाई नियुक्त गरेपछि त्यहाँ झन् समस्या थपियो । त्यसैको पराकम्पले भैसीपाटी र बालुवाटारमा तरंग ल्याएको छ । त्यो तरंग अहिले पनि जारी रहेको छ ।

यस विषयलाई लिएर हिजो सोमबार नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच छलफल समेत भएको थियो । भेटका क्रममा प्रचण्डले एकताको मर्मविपरीत कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गरिएको भन्दै ओलीसँग असन्तुष्टि व्यक्त गरेका थिए । उनले कर्णालीको समस्या मिलाउन ओलीलाई आग्रह समेत गरेका थिए ।

कर्णालीको विवाद समाधान गर्नका लागि पार्टी नेतृत्व लागि परेपनि निष्कर्षमा पुग्न सकेको छैन । कर्णालीको विवाद मिलाउन नपाउँदै अन्य प्रदेशमा पनि त्यो समस्या आउनेमा शंका उपशंका उत्पन्न हुन थालेको छ ।

भेटमा कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता भए त्यसको बाछिटा अन्य प्रदेशसम्म पुग्ने भन्दै त्यसलाई रोक्नुपर्ने दाहालले बताएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले ‘कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न संकलित हस्ताक्षरबारे आफूलाई जानकारी नभएको बताएका थिए ।

तर यस विषयमा कतै केन्द्रबाटै यस्तो कार्य गर्नको लागि निर्देशन पो थियो कि भन्ने शंका प्रचण्डको रहेको देखिन्छ । यस विषयलाई लिएर प्रचण्डले सोमबार नै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । छलफलमा नेता नेपालले पनि कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउन भइरहेको गतिविधि गलत भएको भन्दै त्यसलाई रोक्नुपर्ने विचार राखेको कुरा बाहिर आएको छ ।

कर्णालीको विवाद समाधान गर्नका लागि पार्टी नेतृत्व लागि परेपनि निष्कर्षमा पुग्न सकेको छैन । कर्णालीको विवाद मिलाउन नपाउँदै अन्य प्रदेशमा पनि त्यो समस्या आउनेमा शंका उपशंका उत्पन्न हुन थालेको छ ।

केही समयअघि प्रदेश-२ मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सुईको पाएपछि मुख्यमन्त्री लालवावु राउतले राजीनामा पत्र नै खल्तीमा बोकेर हिडेका थिए । त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने हल्ला पनि यस बिचमा चल्न थालेको छ । यदि त्यसो भयो भने यसको जिम्मा कसले लिने भन्ने बारे पार्टी नेतृत्वलाई टाउको दुखाईको विषय भएको छ ।

कर्णालीमा महेन्द्रलाई ‘कू’ गरेपछि त्यसले राजीनितक तरंग त उत्पन्न गराएको छ नै । त्यसका अलावा राजनीतिक अराजकता पनि बढेको छ । केन्द्रले अन्तरपार्टी निर्णय जारी गरेपछि मात्र तल्लो तहसम्म कार्यान्वयन लागू हुने र गर्ने जुन सिस्टम छ त्यसलाई कर्णाली प्रकरणले धोती लगाईदिएको छ ।

यस विषयमा हिजो बसेको मन्त्रीपरिषदको वैठकमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् । उनले मन्त्रीपरिषदको बैठकमा आफ्ना मन्त्रीहरुबाट पनि यस्तै गल्ती भएको भन्दै त्यही कुराले प्रदेशमा असर गरेको कुरा प्रष्ट्याएका थिए ।

मन्त्री परिषद बैठकमा प्रधानमन्त्री ओलीले कर्णालीका सांसदहरुसँग आफूले अविश्वासको प्रस्ताव दर्ताको विषयमा सोध्दा त्यस्तै जवाफ पाएको पनि बताएका थिए । उता कर्णालीको विषयलाई टुङ्गो लगाउनको लागि प्रधानमन्त्री ओलीलाई जिम्मा दिएर प्रचण्डले यस विषयमा आफ्ना निकट व्यक्तिहरुसाँग छलफल चलाएका छन् ।

प्रचण्ड निकट श्रोतका अनुसार आफ्नो किचन क्याविनेटमा रहेका व्यक्तिहरुसँगको छलफललाई तीव्रता दिएका छन् । प्रचण्डले हिजो सोमबार आफ्नै निवासमा पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन र जनार्दन शर्मासँग यही विषयमा छलफल गरेका थिए ।

नेकपाको केन्द्रले बेलैमा समस्या समाधान नगरे कर्णालीमा भयावह हुने अवस्था आउँदैछ । अहिले कर्णालीमा दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । यदि त्यस्तो अवस्था आए मुठभेडको अवस्था सिर्जना नहोला भन्न सकिदैन । नेतृत्वले टेकओभर गर्नुपर्ने अवस्था आएको छ । अन्यथा राम राम भन्नु बाहेक अरु सम्भावना देखिन्न ।

र यो पनि पढ्नुहोस्

कर्णालीपछि बागमतीको पालो, नेकपामा किन फैलदैछ घातक माँकुरोको जालो ?

उमाकुण्ड गाउँपालिकाद्वारा गम्भीर ध्यानाकर्षण

ओलीले रिजेक्ट गर्न चाहेका यी मन्त्री

सार्वजनिक यातायातले पुरानै भाडा लिदै सबै सिटमा यात्रु राख्न पाउने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...