YouTube Link

इण्डियन प्रिमियर लिगमा बैंग्लोरले कोलकत्तालाई ८२ रनले हरायो

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै बैंग्लोरले पाचौं जित हात पारेको हो ।

बैंग्लोरले कोलकत्तालाई ८२ रनले पराजित गरेको हो । बैंग्लोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ९ विकटको क्षतिमा मात्र ११२ रन मा समेटियो ।

कोलकत्ताका शुभमन गिलले ३४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सोचे अनुसार रहन सकेन । आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६-१६ रन बनाए ।

बैंग्लोरका क्रिस मोरिस र वासिंन्टन सुन्दरले दुई-दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९४ रन बनायो । बैंग्लोरका लागि डेभिलियर्सले ७३ रनको पारि खेले ।

दोस्रो विकेट पतनसँगै क्रिजमा आएका डेभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहे । यस्तै कप्तान विराट कोहली २८ बलमा १ चौकासहित ३३ रनमा अविजित रहे । ओपनर एरोन फिंचले ४७ रन बनाए ।

कोलकत्ताका प्रशिद र आन्द्रे रसेलले समान एकएक विकेट लिए ।

जितसँगै बैंग्लोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलकत्ता भने चाथो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...