एन आई सी एशिया बैंकको आकर्षक नगद फिर्ता योजना
वि.सं.२०७७ असोज २७ मंगलवार १२:१६
1.7K
shares
काठमाडौं: एन आई सी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केटप्लेस, ठूलो पसल, इन्फिस्टोर, ओकेदम र कलमार्ट जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी सस्तो डिल, ग्यापु मार्केटप्लेस मा २० प्रतिशत वा रू.२००० सम्म, कलमार्टमा २५ प्रतिशत वा रू.१५०० सम्म तथा ठूलो पसल, इन्फिस्टोर, ओकेदममा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।
चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहक महानुभावहरूले सो अवसरको फाइदा लिनुहुने बैंकले विश्वास लिएको छ ।
यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्मार्फत् बैंकिङ् सेवा प्रदान गर्दै आईरहेको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार १२:१६



















