YouTube Link

वाईसिएलले गर्यो सांगठानिक कार्यविभाजन

Facebook Link

काठमाडौं: पूर्व माओवादी पुष्पकमल दाहाल “प्रचण्ड”ले तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गरेसँगै असन्तुष्ट भएका पूर्व मन्त्री गोपाल किरातीले नेकपा (माओवादी केन्द्र) पुनःगठन गरेसँगै शक्तिशाली पार्टीको उत्तराधिकारी संगठन वाईसिएल नेपालले पनि गत वर्ष युवा संगठन वाईसिएल नेपालको क. प्रकाश गौरवको नेतृत्वमा राष्ट्रिय सम्मेलन गरेको थियो ।

राष्ट्रिय सम्मेलन मार्फत गौरवकै नेतृत्वमा युवा संगठन वाईसिएलको विभागीय जिम्मेवारी तोकेर अगाडि बढेता पनि संगठनले सन्तोषजनक रुपमा काम कारवाही अगाडि नबढेकाले हाल आएर केही विभागहरुमा पुनः जिम्मेवारी हेरफेर गरिएको वाईसिएलका कार्यवाहक अध्यक्ष क. प्रकाश दुमी राईले बताए ।

यो भन्दा अगाडिको विभागीयहरु बाहेक थप दुई विभाग सांस्कृतिक विभाग र न्याय विभाग थप गरिएको पनि कार्यवाहक अध्यक्ष राईले जानकारी दिए ।

न्याय विभागले अन्याय र अत्यचारमा परेका पिडितहरुको पक्षमा न्याय दिलाउने पनि संगठनले जनाएको छ । थप विभाग लगायत अन्य केही पदाधिकारीहरु समेत हेरफेर गरिएको संगठनले जनाएको छ ।

संगठन विभाग प्रमुखमा क. लोकेन्द्र श्रेष्ठ (सरल), सदस्य अर्जुन लामा, न्याय विभाग प्रमुखमा प्रकाश दुमी राई (सदस्यहरु प्रदेश ईञ्चार्ज र प्रदेश अध्यक्षहरु) रहने गरी हेरफेर गरिएको छ भने प्रचार प्रशार विभाग प्रमुखमा आकाश गजुरेल सहित सदस्यहरुमा भवी शंकर राई र कल्पना सुनुवार रहेका छन् ।

आर्थिक विभाग प्रमुखमा शंकर प्रधान चयन भएका छन् भने सदस्यहरुमा सर्वधन राई र केदार राई रहेका छन् । सांस्कृतिक विभाग प्रमुखमा पदम अधिकारी (दिनेश) चयन भएका छन् भने सदस्यहरुमा सुनिता दुलाल र नवीन गुरुङ चयन भएका छन् ।

त्यसैगरी स्वयंसेवक परिचालन विभाग प्रमुखमा सुमन पुडासैनी चयन भएका छन् भने सदस्यहरुमा शन्देश राई र अशोक गजुरेल चयन भएका छन् ।

विभागले अनुशासन विभाग प्रमुखमा राजेश क्षेत्री चयन गरेको छ भने सदस्यहरुमा गोविन्द सिंह र शेख अबुलहसन चयन गरेको छ ।

योसँगै संगठनको केन्द्रीय महासचिवमा लोकेन्द्र श्रेष्ठ (सरल) र केन्द्रीय सचिवमा आकाश गजुरेल चयन भएका छन् भने प्रदेश नम्बर ५ को ईञ्चार्जमा राजेश क्षेत्री प्रदेश नम्बर ६ को ईञ्चार्जमा गोविन्द सिंह र प्रदेश नम्बर १ मा अर्जुन लामा र त्यसैगरी प्रदेश नम्बर ३ को ईञ्चार्जमा प्रकाश दुमी राईलाई केन्द्रीय सचिवालयको बैठकले जिम्मेवारी दिएको संगठनले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

विप्लव समूहका हतियार र सेना के हुन्छन् ?: योगेश भट्टराई
माओत्सेतुङको भनाइलाई सन्दर्भ बनाउँदै प्रचण्डले भने केपी ओली कुहिएको अण्डा हुन्
मेलम्ची खानेपानी पानी आज काठमाडौं आइपुग्ने, प्रधानमन्त्री ओली अवलोकन गर्न जाँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...