YouTube Link

प्रदेश१स्तरिय: मेयर कप ब्याडमिन्टनको उपाधी रत्नजित र नविनलाई

Facebook Link

भोजपुरः प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले उचाल्न सफल भएका छन् ।

रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१-१८, २१-८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् ।

प्रथमले ५० हजार, द्धितीयले ३० हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले नगद १५ हजार प्रमाण–पत्र मेडल र ट्रफी प्राप्त गरे ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको पुरुष एकल तर्फ पाँचथरका दिवस शंकरले आफ्नै जिल्लाका एशिया जवेगु माथि २२-२०, १९-२१, २२-२० को संघर्षपूर्ण जित निकाल्दै उपाधी चुमे ।

बिजयी खेलाडीले नगद २५ हजार, उपबिजेता खेलाडीले नगद १५ हजार, र तृतीय हुनेले नगद ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला तर्फको खेलमा भोजपुरकी नङ्गशल तामाङ्गले उपाधी चुमिन् ।

निकैनै प्रतिस्पर्धात्मक खेलमा तामाङ्गले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजबंशी संग २१-१८, १८-२१ १५ -२ खेल्दै उपाधि माथि कब्जा गरिन ।

बिजयी खेलाडीले नगद २० हजार उपबिजेता खेलाडीले नगद १० हजार, र तृतीयले नगद ५ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।

गल्र्स यु १७ तर्फको प्रतिस्पर्धामा मोरङ्गकी रोज पाण्डेले उपाधी उचालिन् ।

उनले फाईनलमा सुनसरीकी सृष्टी चाम्लिङ्ग राईलाई २१-१२, २१-१७ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् ।

रोजले विजय भए बापत १५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् ।

उपबिजेता सृष्टीले नगद ८ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गरिन् ।

यस्तै ब्वाईज तर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ्ग बिजयी भए ।

उनले सुनसरीका सत्यम सुब्बा माथि २१-१०, २३-२१ को कठिन जित निकाले ।

यस संगै भोजले नगद १५ हजार र उपबिजेता सत्यमले नगद ८ हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

भोजपुरमा जुनियर लेभल देखि खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको यु १३ गल्र्स तर्फको खेलमा निमा तामाङ्गले उपमाम खड्कालाई २२-२०, २१-१८ ले पराजित गर्दै नगद ५ हजार सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् ।

उपबिजयी खड्काले नगद ३ हजार प्राप्त गरिन् ।

ब्वाईज तर्फ मिबुङ्ग राईले जित हात पारे ।

उनले तयाबुङ्ग राईलाई २१-१४, २१-१९ ले पराजित गरे ।

बिजयी तथा उपबिजयी खेलाडीहरुले नगद ५ हजार र ३ हजार तथा तेश्रो हुनेले नगद १५ सय प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, पौवा गुम्बाका यअध्यक्ष किरण राई, प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर आलेले यस प्रतियोगितालाई आगामी दिनमा राष्ट्रिय स्तरको प्रतियोगितामा परिणत गर्ने र भोजपुरमा एक अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

खड्का फेलेटको ब्राण्ड एम्बेसडर

पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी संजीव अध्यनको सिलसिलामा अष्ट्रेलियामा रहेका छन् ।

खड्का बिगत २ बर्ष देखि साउथर्न तास्मानियन ब्याडमिन्टन संघ अष्ट्रेलियामा प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् ।

उनले बिदेशमा रहँदा नेपालमा ब्याडमिन्टन खेलको बिकासका लागि नेपाली खेलाडीहरु र जिल्ला ब्याडमिन्टन संघलाई समय समयमा आर्थिक सहयोग प्रदान गर्दै आईरहेका छन् ।

फेलेटको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफु निकैनै गौरवान्वित भएको संजीवले बताए ।

उनको नियुक्तिले नेपाल लगायत सम्पूर्ण ब्याडमिन्टन परिवारलाई गौरवान्वित बनाएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%8f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...