विप्लव समूहका हतियार र सेना के हुन्छन् ?: योगेश भट्टराई
वि.सं.२०७७ फागुन २२ शनिवार १७:०४
1.8K
shares
विराटनगर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनितिमा ल्याउँदा सरकारले कुनै मापदण्डहरू पालना नगरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् । ‘सशस्त्र विद्रोहमा उत्रेका कुनैपनि राजनीति शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागत योग्य छ, तर एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पारदर्शी हुनुपर्छ र प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन गर्नुपर्छ’ उनले भने ।
राजनीति दलहरुबाट सहमति गरेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्थ्यो, उनले भने, यस्ता कामहरू किन हुँदैछ र के उद्देश्यले हुँदैछ भन्ने कुरा आम जनतालाई सार्वजनिक ढंगले जानकारी दिनुपर्थ्यो तर यस्ता केही मापदण्डहरु सरकारले पालना गरेको छैन ।
०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिए र सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताउँदै उनले यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन् ? विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ ।
वि.सं.२०७७ फागुन २२ शनिवार १७:०४


















