विद्युत प्रणाली सुधार तथा स्तरोन्नतिका लागि एडिबीद्वारा १८ अर्ब ऋण सहयोग
वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:२५
1.4K
shares
काठमाडौं: नेपालको विद्युत वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करिब १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
बैंकले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवं विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागिएको हो ।
नेपालमा विद्युतको पहुँच अधिक जनसङ्ख्यामा पुग्दै गएको उल्लेख गर्दै बैंकले वर्तमान र भविष्यका मागहरू पूरा गर्दै विश्वसनीय रुपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन उक्त ऋण सहयोग प्रभावकारी हुने विश्वास लिएको छ ।
यस्तै प्राधिकरणको संस्थागत सुदृढीकरण एवं आधुनिकीकरण गर्दै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान कार्यलाई तीव्र रुपमा अगाडि बढाइनेछ । देशभरका ग्रीड सबस्टेसनको स्वसञ्चालन एवं विभिन्न क्षेत्रमा वितरण र प्रसारण प्रणालीलाई आधुनिकीकरण गरिनेछ । ती सबै काम प्राधिकरणले गर्नेछ ।
यस्तै २२०/१३२ केभी क्षमताका सबस्टेसनलाई स्वचालित बनाउन, ११३ किलोमिटर लामो नयाँ प्रसारण लाइन निर्माण एवं १४४ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति गर्दै काठमाडौँ उपत्यकाका ३५ हजार घरमा स्मार्ट मिटर जडानका लागि उक्त सहयोग रकम खर्च हुनेछ । यस्तै उपत्यकामा विद्युत वितरण प्रणालीको नियन्त्रण कक्ष पनि निर्माण गरिनेछ ।
र यो पनि पठ्नुहोस्:
वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:२५



















