Rajshow Bivag

‘मृत्यु एक बिन्ती छ’ बोलको लिरिकल म्युजिक भिडियो सार्बजनिक {भिडियो सहित}

Departmant of helth services

काठमाडौं: वरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रहेको ‘मृत्यु एक बिन्ती छु’ बोलको लिरिकल म्युजिक भिडियो सार्बजनिक भएको छ ।

यस गीतलाई युवा संगीतकार आश कुमार राईले संगीत भरेका छन् भने लोकप्रिय गायक उदय सोताङको स्वर रहेको छ । गीतको संगीत संयोजन बरिष्ठ संगीतकार लाहाङ सुब्बाले गरेका छन् । त्यस्तैगरी मिक्सिङ तथा मास्टरिङ बरिष्ठ साउण्ड ईन्जिनियर तथा रेकर्डिष्ट मित्र लामाले गरेका छन ।

संगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतलाई ओजस स्टुडियो प्रालिले भिडियो निर्माण गरेको हो भने यो गीतको लिरिकल भिडियो सम्पादन धड्कन लिम्बु तथा नरोत्तम पाण्डेले गरेका छन् । चावहिल स्थित सत्कार क्याफेमा यस गीतको लिरिकल म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

यस गीतको बारेमा गीतकार भुपाल राई भन्छन्, ‘सयौं गीतहरु लेखिए रेकर्ड भए आ-आफ्नो ठाँउमा सबै गीतहरुको महत्व र सान्दर्भिकता उत्तिकै मुल्यको छ । तर यो गीत ती गीतहरु भन्दा फरक गीत हो । यो गीत एउटा सामाजिक, राजनितिक, दार्शनिक र ब्रह्माण्डिय चेत सहितको भौतिकबादी दृष्टिकोणबाट समाज रुपान्तरणको अभिष्ट पोख्ने गीत हो, यस अर्थमा यो गीत अरु गीतहरु भन्दा फरक छ ।’

बजारमा चलेका सतही गीतहरु भन्दा चेतना र दृष्टिकोणमा शन्देस प्रबाहको हिसाबले यो गीत निक्कै माथि छ र, जिबन्त रहेको संगीतकार आश कुमार राईले बताए । संगीतकार राई भन्छन, ‘जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु । त्यसैले बाँच्दा र मर्दा एउटा गतिलो परिचय छोड्नुपर्छ ।’

यस गीतको म्युजिक भिडियो कवि तथा गीतकार भुपाल राईको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

{भिडियो सहित}

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
महेश मुखिया सुनुवार र दिपानारायण झाको ‘जापानी टाईफन साडी सिफन’को म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

महेश मुखिया सुनुवार र दिपानारायण झाको ‘जापानी टाईफन साडी सिफन’को म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २६ बुधवार १६:५६

  काठमाडौं: गायक महेश मुखिया सुनुवार र वरिष्ठ गायिका दिपानारायण...

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८१ वैशाख २६ बुधवार १४:४८

  काठमाडौं: गायक  बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाजमा 'खान्छ...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

वि.सं.२०८० चैत २० मंगलवार १०:४६

  काठमाडौं: काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल, न्यारेटिभ...

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

वि.सं.२०८० चैत ७ बुधवार ०९:३६

  काठमाडौं : कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं...