यातायात व्यावसायी तथा मजदुरद्वारा सरकारलाई सात बुँदे ध्यानाकर्षण
वि.सं.२०७७ असार १९ शुक्रवार १८:२३
1.1K
shares
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न असहज अवस्थाले यातायात व्यावसाय ठप्प रहेका कारण समस्या बढ्दै गएको र सरकारले आफूहरुको लागि राहतको प्याकेज नल्याएको सार्वजनिक यातायात व्यावसायी तथा मजदुरहरुले गुनासो गरेका छन् ।
कोरोनाबाट विगत ३ महिना देखि ४ लाख सवारी सन्चालन नहुँदा करिव ३० अर्बको क्षति सहित ३५ लाखले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी गुमाएको व्यवसायीको भनाई छ । लकडाउन सहज भएपनि १० देखि १५ लाखले रोजगारी पाउनेछन् भने २० लाखको व्यावसय अझै संकटग्रस्त हुने भएकाले मजदुरको विषयमा सरकारले गम्भिर भएर सोच्नुपर्ने व्यवसायीले आग्रह गरेका छन् ।

त्यस्तै लकडाउन सहज भएको ६ महिनासम्म सार्वजनिक यातायात सन्चालनले मूर्त रुप लिन नसक्ने हुँदा बैङ्क तथा वित्तिय किस्ता एक वर्षको अवधि थप्नुपर्ने, एक वर्षसम्म बीमा कागजपत्र छूट गर्नका साथै जरिवाना नलाग्ने गरि म्याद थप्ननुपर्ने, सरकारले गराउने ५ प्रतिशत ब्याजदरको सहुलियत पुनकर्जा उपलब्ध हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुरको सहभागिता, मजदुरको स्वास्थ्य सुरक्षा बीमा लगायतका विभिन्न माग राखेको महासंघ वागमति प्रदेश कमिटिका सचिव मोहन सापकोटाले बताए ।
वि.सं.२०७७ असार १९ शुक्रवार १८:२३




















