चौबीस घण्टामा थप ७ सय ४० कोरोना संक्रमित भेटिए, कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुग्यो
वि.सं.२०७७ असार १९ शुक्रवार १८:५३
1.3K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ जुन अहिले सम्मकै सर्वाधिक दैनिक वृद्धि हो । उक्त संक्रमित संख्या वृद्धिसंगै शुक्रवार देशभर कोरोना भाइरस संक्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२३ सहित ६१४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने कुल संक्रमित मध्य ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार १९ शुक्रवार १८:५३




















