Rajshow Bivag

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक

Departmant of helth services

काठमाडौं:  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो मूल नारा “सर्वे भवन्तु सुखिनः” रहने व्यहोरा व्यक्त गरेको छ ।

 

उक्त नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रुपमा अनावरण गरेका छन्।

 

अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे। त्यसैगरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित तथा सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटोछरितो रुपमा उपलब्ध गराउन सञ्चालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे।

 

त्यसैगरी १० वर्षभन्दा बढी अवधिदेखि जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा विज्ञ तथा कम्पनीका सञ्चालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारे।

 

जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन्, यीमध्ये प्रमुख दुई पिलर अभिकर्ता तथा कर्मचारी, जसले बीमित तथा कम्पनीबीच एउटा मजबुत पुलको काम गरेका हुन्छन्’, उनले भने, ‘सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुआत यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखी हुन्’ का साथ शुभारम्भ गरेको छ।’

 

झाले नयाँ लोगोका तीन रङ रातो, कालो र पहेँलोले यस कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने बताए। ‘कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्दै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखि यसको विशिष्टिकरणका लागि टेक्नोलोजी र अपडेट म्यानेजमेन्ट फिलोसोफीको प्रयोगबाट गति दिने योजना रहेको छ’, उनले भने।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेको बताए। ‘त्यसैले कम्पनी व्यवस्थापन, सञ्चालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध छ’, उनले भने।

 

यो पनी पढ्नुहोस् :

सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा जागरण अभियान सञ्चालन

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...