YouTube Link

नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका फेरि परिर्वतन हुने सम्भावना

गाउँ/नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मका लागि नयाँ मिति प्रस्ताव

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले वडा अधिवेशन गरिरहेको छ ।

 

असोज ५ गतेसम्म ७७ वटै जिल्लामा वडा अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ ।

 

भदौ २५ गते सातौंपटक परिमार्जन गरिएको कार्यतालिका अनुसार कांग्रेसले असोज ९ गते गाउँ/नगरपालिका र असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिरहेको छ ।

 

असोज १५ गते कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन गर्ने भएको छ ।

 

सोही दिन कांग्रेसले महाधिवेशन प्रतिनिधि पनि चयन गर्नेछ । विधान अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका प्रदेशसभा अधिवेशनका प्रतिनिधि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन् ।

 

यस्तै उक्त निर्वाचन क्षेत्रभित्र रहेका केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्वपदाधिकारी तथा सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार पनि प्रतिनिधि मानिन्छन् ।

 

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले प्रतिनिधिमध्येबाट कम्तीमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी–जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएका क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ ।

 

कांग्रेसको विधानमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पार्टीको क्रियाशील सदस्यता लिएको ४ वर्ष पूरा भएको हुनुपर्ने प्रवाधान छ । विधान अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिमा निर्वाचित हुने व्यक्ति पदेन महाधिवेशन प्रतिनिधि हुन्छ ।

 

असोज १५ गते हुने भनिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले हरेक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । जस अनुसार देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ४ हजार १ सय २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

 

जसमध्ये प्रत्यक्षतर्फ २ हजार ४ सय ७५ (६० प्रतिशत) र १ हजार ६ सय ५० (४० प्रतिशत) समानुपातिकतर्फबाट चयन हुने छन् ।

 

जस अनुसार कूल महाधिवेशन प्रतिनिधिमध्ये १ हजार ३ सय ४ जना महिला हुनेछन् । जसमध्ये ६ सय ६० महिला प्रत्यक्षतर्फ र ६ सय ४४ महिला समानुपातिकतर्फ चयन गरिने छ ।

 

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट आदिवासी–जनजातितर्फ ४ सय ९८ (३०.२ प्रतिशत), मधेसीतर्फ २ सय २७ (१३.८ प्रतिशित), दलिततर्फ २ सय ३२ (१४.१ प्रतिशत, थारूतर्फ ९४ (५.७ प्रतिशत), मुस्लिमतर्फ ७२ (४.४ प्रतिशत) र खस–आर्यतर्फ ५ सय २७ (३९.९ प्रतिशत) महाधिवेशन प्रतिनिधि समानुपातिक प्रणालीबाट चयन गरिने छ ।

 

कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनका लागि पनि प्रतिनिधि मानिन्छन् । कांग्रेसले आगामी कात्तिक १०–१२ मा प्रदेश अधिवेशन गर्ने भएको छ ।

 

नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका फेरि परिर्वतन हुने देखिएको छ । कांग्रेस पदाधिकारी बैठकले गाउँ/नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मका लागि नयाँ मिति प्रस्ताव गरेको छ ।

 

कांग्रेस पदाधिकारी बैठकले गाउँ/नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गरेको हो ।

 

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १६ मा गर्ने प्रस्ताव गरिएको छ । यसअघि उक्त अधिवेशन असोज १० गते गर्ने निर्णय गरिएको थियो ।

 

कांग्रेस स्रोतले क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका सबै जिल्लामा भदौ ५ गते वडा अधिवेशन गरिने जनाएको छ । तर उसले २० जिल्लाको नामावली सार्वजनिक गरेको छैन ।

 

स्रोतका अनुसार आगामी कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राखिएको छ ।

 

त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीच खेल हुँदै
इजरायल रोजगारीमा जानेको भाषा परीक्षा आज, रिजल्ट दुई दिनभित्रै निकाल्ने

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...