नेपाल राष्ट्र बैंकले दसैँ तिहारलाई लक्षित नयाँ नोट पठायो
वि.सं.२०७८ भदौ २८ सोमवार १३:५३
2.2K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले दसैँ तिहारलाई लक्षित नयाँ नोट पठाएको छ । नेपाल राष्ट्र बैंकले दसैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट पठाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा दसैँतिहारका लागि ३ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालय सहटीको व्यवस्था गरिएको छ । राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोटको व्यवस्था गर्ने जनाएको छ ।
एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन् । रु. ५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक/एक बन्डलका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा दिइएको हो ।
वि.सं.२०७८ भदौ २८ सोमवार १३:५३




















