Texas College
YouTube Link

त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीच खेल हुँदै

दुई मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ

Facebook Link

काठमाडौं: त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ आजबाट शुरू हुँदैछ ।

 

प्रतियोगिता अन्तर्गत आज ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल अपराह्न ४:१५ बजे हुनेछ ।

 

दुई मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

 

लिग–२ अन्तर्गत यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई दुबै खेलमा हराएकाले नेपाल हाबी हुने अनुमान गरिएको छ ।

 

सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो । त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो ।

 

त्यसअघि फेब्रुअरी ८ को खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । यद्यपि ओमानको मैदान फरक भएकाले विगतकै नतिजा दोहोर्‍याउन नेपाललाई कठिन हुनेछ ।

 

सोही सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो । ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।

 

नेपालले दोस्रो खेल मंगलबार ओमानसँग खेल्नेछ । तेस्रो खेल अमेरिकासँग शुक्रबार हुनेछ भने अन्तिम खेल ओमानसँग आइतबार हुनेछ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...