YouTube Link

पौडेलको निष्कर्ष: महाधिवेशन नभए पार्टीको वैधानिकता नै रहन्न

अहिले कांग्रेस महाधिवेशनको मुखमा छौं, क्रियाशील सदस्यको विवाद टुंगिएको छैन

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएको समयमा महाधिवेशन नभए पार्टीको वैधानिकता नै सकने निष्कर्ष निकालेको छ ।

 

आज पूर्व महामन्त्री प्रकाशमान श्रेष्ठको चाक्सीबारीमा रहेको घरमा बसेको वैठकले यस्तो निष्कर्ष निकालेको हो ।

 

संवैधानिक, कानुनी, राजनीतिक र नैतिक रूपमा महाधिवेशन पछि सार्ने ठाउँ सकिएको भन्दै पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

 

‘हामी इन्फर्मल साथीभाइहरु बसेका हौं, राजनीतिक प्राणीहरु बसेपछि राजनीतिक कुरा नै हुने भयो’, बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘अहिले कांग्रेस महाधिवेशनको मुखमा छौं, क्रियाशील सदस्यको विवाद टुंगिएको छैन ।

 

यी सबै कुरा गरेर महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भएको छ ।’ उनले महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित निर्वाचन समितिलाई क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् ।

 

‘महाधिवेशन कार्यतालिका दुई दिनभित्र आउनुपर्‍यो, क्रियाशील सदस्यता र निर्देशिकासहित पार्टी नेतृत्वले दुई दिनभित्र निर्वाचन समितिलाई दिनुपर्‍यो’, पौडेलले भने, ‘हामीले यदि निर्देशिका र क्रियाशील सदस्यता दियौं भने निर्वाचन समितिले केन्द्रीय समिति र प्रदेश समितिका लागि आवश्यक तहका निर्वाचन गराउन सक्छ ।’

 

उनले पार्टी संवैधानिक रुपमै संकटमा परिरहेको भन्दै त्यसलाई बचाउन नेतृत्वले नै संवेदनशील हुनुपर्ने बताएका छन् । ‘सभापतिजी प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा पार्टीका काममा केही समस्या भएको छ’, पौडेलले भने, ‘उहाँले पार्टीको वैधानिकता जोगाएर सरकारको प्रभावकारिता स्थापित गर्नुपर्ने जिम्मेवारी छ ।’

 

उनले सभापतिले समयमा विचार नपुर्‍याए पार्टी अवैधानिक बाटोमा जाने दाबी गर्दै त्यस्तो अवस्थाबाट ‘आउँदो भदौ २३ गतेभित्र नयाँ नेतृत्व चयन नभए वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुन्छ, यो केन्द्रीय समितिले काम गर्न सक्दैन’, पौडेलले भने, ‘त्यस्तो अवस्था आए विशेष महाधिवेशनबाट छोटो समयका लागि अस्थायी विकल्प हुनसक्छ भनेर विशेष महाधिवेशनको कुरा पनि उठाइएको हो ।’

 

उनले विशेष महाधिवेशनलाई महाधिवेशनको विकल्पका रुपमा आफूहरुले अघि नसारेको बताए । ‘महासमिति बैठक र त्यसपछिको केन्द्रीय समिति बैठकमा पार्टीलाई समयबद्ध अघि बढाउन कार्यतालिका बनाऊ, महाधिवेशनका काम पनि अघि बढाऊ भनेर मैले प्रस्ताव राखेको थिएँ, त्यसलाई सभापतिजीले सुनुवाइ गर्नु भएन’, पौडेलले थपे, ‘अहिले हामी वैधानिकताको डिलमा पुगेका छौं, भदौ २३ देखि नेपाली कांग्रेसको केन्द्रीय समिति स्वतः अवैधानिक हुन्छ, यसले काम गर्न सक्दैन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...