YouTube Link

म्याग्दी पुगेर महावीर पुनले गरे उम्मेदवारी दर्ता : ‘झोक चल्यो र आएँ’

Facebook Link

काठमाडौं: सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुन मंगलबार एकाएक मनोनयन दर्ता गराउन गृहजिल्ला म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिए । २-४ जना लिएर आफ्नो पुरानै शैली र पोशाकमा मनोनयन दर्ता गराउन पुगेका महावीरले म्याग्दीसँगै देशकै ध्यान खिचे र सरप्राइज दिए । उनको उम्मेदवारी दर्ताले म्याग्दीका पुराना मात्र होइन नयाँ दलहरूलाई समेत झट्का दिएको छ ।

 

आफू चुनाव नलड्ने तर नयाँ दलहरू मिल्नैपर्ने बताउँदै आएका तिनै महावीर पुन मनोनयन दर्ता गरेपछि नयाँहरू नमिलेपछि आफैं मैदानमा उत्रिएको बताए । ‘जिन्दगीमा चुनाव लड्ने इच्छा त थिएन, अस्ति राति १२ बजेसम्म केही हुन्छ कि भनेर खुब कोसिस गरें । केही नहुनेदेखेपछि हिजो बिहान मात्र निर्णय गरेको हो,’ म्याग्दीका पत्रकारहरूसँग उनले भने । जेन-जी आन्दोलनपछि पनि पदकै निम्ति नयाँ दलहरू मिल्न नसकेको र मिल्दै नमिल्ने देखेपछि अन्तिम घडीमा रातारात निर्णय लिएको बताउँदै पुनले म्याग्देलीसँग मत मागेका थिए ।

 

महावीर एकाएक कसरी उम्मेदवारी दर्ता गराउने निष्कर्षमा पुगे त ? मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उस्तै ठट्यौली पारामा भने, ‘झोक चल्यो र आएँ ।’ उनले रास्वपाका रवि र बालेनतिर संकेत गर्दै आफैं उम्मेदवार हुनुपरेको बताए । कतिपयले यसलाई रास्वपाको समर्थनका लागि हुनसक्ने बताइरहेका छन् भने देशका लागिभन्दा नयाँ, पुराना सबै दल पदकै लागि चुनावमा होमिएको एजेन्डासहित मत माग्ने महावीरको रणनीतिका रूपमा हेरेका छन् ।

 

महावीर म्याग्दीको अन्नपूर्ण गाउँपालिका नागीमा जन्मिएर ७ कक्षासम्म त्यहीँ पढेर परिवारसहित चितवन सरेका थिए । महावीरलाई कतिबेला झोक चल्छ र के निर्णय लिनुपर्छ भन्ने अन्तिम घडीमा मात्र अवगत हुने उनी आफैं बताउने गर्छन् । चितवनमै अध्ययन, अध्यापन गरिरहँदा महावीरलाई झोक चल्यो र अमेरिका हान्निए । त्यहाँबाट फर्किँदा त्यहाँको प्रविधि र ज्ञान पनि लिएर फर्के । अनि उनलाई झोक चल्यो, म्याग्दीको आफ्नै जन्मगाउँमा वायरलेस इन्टरनेट पुर्‍याउँछु भन्ने । दुर्गम गाउँमा इन्टरनेट पुर्‍याएर उनले नेपालमा प्रविधिको सम्भावना मात्र उजागर गरेनन्, रोमन म्यागेसेसेबाट सम्मानित भए ।

 

अमेरिकाबाट नेपाल फर्किएर प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भनेर सरकारलाई झक्झक्याइरहेका महावीरलाई फेरि झोक चल्यो र आविष्कार केन्द्र खोले । वीरगञ्ज कृषि सामग्री केन्द्र खोले तर उनले ठूलो साथ सहयोग नपाएपछि उनलाई झोक चल्यो र काठमाडौंमा आन्दोलन नै गरे । सरकारको ढोकाढोका चहारे । त्यति गर्दा पनि ठूलो उपलब्धि नभएपछि फेरि उनलाई झोक चल्यो र आफ्नै किताब निकाले ।

 

देशका विभिन्न ठाउँमा आफैं किताब बेच्दै हिँडेर पैसा जुटाइरहेका बेला देशमा भदौ २३ र २४ गते देशमा जेन-जी आन्दोलन भयो । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो र उनलाई मन्त्रीको अफर जाँदा सुरुमा अलमलमा देखिए । आविष्कार केन्द्र र कृषि सामग्री केन्द्रका लागि रकम जुटाउन आफ्नै किताब बेच्दै हिँडेका महावीरलाई फेरि झोंक चल्यो र शिक्षा मन्त्री भए । शिक्षामन्त्रीका रूपमा महावीर पुन उस्तै ठेट बोली र स्वभावले चर्चामा आइरहे तर आफ्नै सरकारले घोषणा गरेको चुनावमा उठ्दिन भन्दाभन्दै फेरि उनलाई झोक चल्यो र अहिले गृहजिल्ला म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।

सरकारबाट मंगलबारै राजीनामा दिएर मनोनयन दर्ता गराउन पुगेका महावीर चुनाव लड्न आउलान् भनेर म्याग्दीवासीले सोचेका थिएनन् । विभिन्न दलबाट उम्मेदवारी घोषणा गर्ने र म्याग्दीबाट चुनाव लड्ने आकांक्षीहरूको लर्कोमा महावीर थिएनन् । रास्वपाबाट उम्मेदवार हुनसक्ने अनुमान गरिएको भए पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् र रास्वपाबाट म्याग्दी सभापति युवराज रोका उम्मेदवार छन् । ग्रामीण भू-भाग रहेको म्याग्दीमा अहिलेसम्म दलहरूले नै जित हासिल गर्दै आएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...