खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट
वि.सं.२०८१ फागुन ५ सोमवार ०९:०१
1.6K
shares
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर नष्ट भएको छ ।
स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो । पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ । नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ ।
आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो । आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो । स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ ।
वि.सं.२०८१ फागुन ५ सोमवार ०९:०१



















