YouTube Link

लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद, बिगो बमोजिम ८० लाख रुपैयाँ असुलउपर गर्नुपर्ने फैसला

Facebook Link

 

काठमाडौं: भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय तोकिएको छ । उनीबाट बिगो बमोजिम ८० लाख रुपैयाँ असुलउपर गर्नुपर्ने फैसला पनि सुनाएको छ ।

 

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा गत जेठ २४ गते दोषी ठहर भएका भट्टराईको सजाय र जरिवाना विशेष अदालतले बिहीबार निर्धारण गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराई ठेकेदारसँग लिएको ८० लाख रुपैयाँ घुस प्रकरणमा ६ वर्ष जेल सजाय तोकेको हो ।

 

ठेकेदारबाट कमिशन लिएर आएको गैरकानुनी आम्दानीले भट्टराईले सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २५ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । लुम्बिनी विकास कोषमा ठेक्का लगाउने क्रममा निर्माण कम्पनीका सञ्चालकबाट घुसस्वरुप लिएको पैसा उनले आमा जनकनन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा किनेको ठहर अख्तियारले गरेको थियो ।

 

अख्तियारका अनुसार घुसस्वरुप आएको रकमबाट उनले आमाको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा खरिद गरेका थिए । अख्तियारका अनुसार निर्माणसम्बन्धी ठेक्का पाएका सफिक अहमदबाट इन्जिनियर भट्टराईले अर्को व्यक्तिमार्फत ८० लाख रुपैयाँ घुस लिएका थिए । त्यही रकमले उनले अचल सम्पत्ति जोडेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...