YouTube Link

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर ८ मा प्रवेश

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: अमेरिकालाई ७ विकेटले हराउँदै भारत जारी आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ । भारतको यो लगातार तेस्रो जित हो ।

 

अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १० बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । ओपनर विराट कोहलीलाई शुन्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए ।

 

सुर्यकुमारले नटआउट ५० रन बनाए । दुवेले अविजित ३१ रनको योगदान दिए । ऋषव पन्त १८ रन बनाएर आउट भए । ३९ रन र तीन विकेट गुमाएको भारतले त्यसपछि क्रिजमा आएका सुर्यकुमार र सिवमले भारतको इनिङ्स सम्हालेका थिए ।

 

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाको सुरुवात खराब रह्यो । पहिलो ओभर बलिङ गरेका अर्शदिप सिंहले अमेरिकाको दुई विकेट झारेका थिए । जसमा अमेरिकाले ८ विकेट गुमाएर ११० रनमात्र बनाउन सकेको थियो । नीतिश कुमारले सबैभन्दा धेरै २७ रन बनाए ।

 

समूह ‘ए’मा भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन् । अमेरिका, पाकिस्तान र क्यानडाको सुपर आठको सम्भावना अन्तिम खेलको नतिजामा भर पर्नेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:०६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

वि.सं.२०८१ माघ ३० बुधवार १५:१८

काठमाडौं: नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

निजामती सेवा विधेयकको दफा ५ पास

निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४

काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ...