YouTube Link

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर ८ मा प्रवेश

Facebook Link

काठमाडौं: अमेरिकालाई ७ विकेटले हराउँदै भारत जारी आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ । भारतको यो लगातार तेस्रो जित हो ।

अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १० बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । ओपनर विराट कोहलीलाई शुन्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए ।

सुर्यकुमारले नटआउट ५० रन बनाए । दुवेले अविजित ३१ रनको योगदान दिए । ऋषव पन्त १८ रन बनाएर आउट भए । ३९ रन र तीन विकेट गुमाएको भारतले त्यसपछि क्रिजमा आएका सुर्यकुमार र सिवमले भारतको इनिङ्स सम्हालेका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाको सुरुवात खराब रह्यो । पहिलो ओभर बलिङ गरेका अर्शदिप सिंहले अमेरिकाको दुई विकेट झारेका थिए । जसमा अमेरिकाले ८ विकेट गुमाएर ११० रनमात्र बनाउन सकेको थियो । नीतिश कुमारले सबैभन्दा धेरै २७ रन बनाए ।

समूह ‘ए’मा भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन् । अमेरिका, पाकिस्तान र क्यानडाको सुपर आठको सम्भावना अन्तिम खेलको नतिजामा भर पर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...