Health Ad
YouTube Link

उमाकुण्डमा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न, कसले के भने ?

Khanepani Dhal
Facebook Link

 

रामेछाप: उमाकुण्ड गाउँपालिकाको आयोजनामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास केन्द्र बागमती प्रदेशका महानिर्देशक दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 

उमाकुण्ड गाउँपालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेकोमा बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि सुवेदीले बालबालिकाको निम्ति उमाकुण्डमा यति धेरै शिक्षाको बारेमा सिक्ने मौका पाएको बताउँदै अन्य ठाउँका पालिकाहरुमा पनि यहि अनुसार सल्लाह सुझाव दिने बताए । शिक्षामा विकास हुनु भनेको सबै क्षेत्रमा विकास हुने बताउँदै सुवेदीले भावी दिनमा पनि उमाकुण्डको लागि प्रदेशको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

 

 

त्यस्तै विशिष्ट अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले पछिल्लो समय विद्यालयहरुमा विद्यार्थीको संख्या कम हुदै गएकोमा चिन्ता व्यक्त गर्दै अब विद्यालयहरु मर्जर गरेर सञ्चालन गर्नुपर्ने बताए । विद्यालय मर्जरका लागि शिक्षा समन्वय रामेछापले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमलाई बधाई तथा शुभकामना दिँदै गजुरेलले शिक्षाको लागि राम्रो काम उमाकुण्डले गरेकोमा अब आउने दिनमा पनि साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रममा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले स्थानीय सरकारलाई दिएको अधिकार  प्रयोग गरेर शिक्षासँगै अन्य विकासका काम जोड्दै गएमा मात्र समृद्ध उमाकुण्ड हुने बताए । अबको आर्थिक वर्षमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत बताए । अध्यक्ष सुनुवारले कार्यक्रम सफल र सम्पन्न गराउनका लागि साथ सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

 

 

त्यस्तै कार्यक्रममा पालिका उपाध्यक्ष सावित्री सुनुवारले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सबै वडामा सम्पन्न भएको बताउँदै भोलिको दिनमा पनि स्थानीय सरकारले जस्तोसुकै चुनौती आएपनि सामाना गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षालाई उच्च योगदान पुर्याएकोमा उमाकुण्ड-५ का समाजसेवी युवा सन्तलाल सुनुवार र उमाकुण्ड-७ का युवा नेता समाजसेवी तोरण सुनुवारलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीति दलका नेता कार्यकर्ता, बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...