YouTube Link

नेपालले विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेल यमनसँग खेल्दै

Facebook Link

काठमाडौं: नेपालले आज यमनसँग फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेल खेल्दैछ । खेल साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ ।

यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूको यो खेलसँगै सय अन्तर्राष्ट्रिय खेल पूरा हुँदैछ ।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि खेलेको पाँचै खेलमा पराजय भोगेको थियो । यही जेठ २५ गते भएको संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो खेलमा नेपाल ४-० गोलअन्तरले पराजित भएको थियो । नेपालमा नै हुनुपर्ने उक्त खेल दशरथ रंगशालामा समस्या भएपछि नेपालले साउदी अरेबियामा सारेको थियो ।

त्यसअघि नेपाल युएईसँग पहिलो खेलमा ४-० र यमनसँग २-० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले पराजित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...