YouTube Link

सिमनाको विषय प्राविधिक त्रुटी हो चाँडोभन्दा चाँडो समाधान हुन्छ यस विषयलाई लिएर भ्रम नफैलाउनुहोलाः शेर बहादुर सुनुवार

Facebook Link

 

रामेछापः वडाको सिमानाबारे सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाबाट उमाकुण्ड गाउँपालिकाबासीहरुलाई भ्रममा नपर्न गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले आग्रह गरेका छन् ।

 

उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा भएको वडास्तरीय अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सुनुवारले संविधान प्राप्त भईसकेपछि नेपालको पुर्नसंरचनामा जिल्ला र पालिका पालिकाबीचको सिमनालाई विशेष प्राथामिकता राखेर सिमाङ्कन गरेको र पालिकाको वडामा पनि सिमाङ्कनमा प्राविधिक त्रुटी भएको र यसको समाधान चाँडै हुने बताए ।

 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पालिका अध्यक्ष शेर बहादुर सुनुवारले उमाकुण्डको शिक्षालाई यहि आर्थिक वर्षमा अझ धेरै बजेट छुट्याएर गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे । विद्यालय सुधारका लागि सहयोग गर्नुहुने सम्पुर्ण महानुभावलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ सहयोगको समेत अपेक्षा रहनेमा आशावादी रहेको बताए ।

 

 

कार्यक्रमका विशिष्ट अतिथि उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले वडास्तरीय अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सबैको लागि हो भन्ने बुझ्न आग्रह गरे । शिक्षाको निम्ति हरपल पालिकाले खेलकुदको कार्यक्रम गरेको र आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा स्टेसनरी सामान ल्याउन नसक्ने बालबालिकालाई पालिकाले नै बजेट छुट्याएर यसको समाधान गर्ने बताए ।

 

 

त्यस्तै शिक्षा शाखा प्रमुख ङावा शेर्पाले गुणस्तरीय शिक्षा बनाउन घर परिवार, विद्यालय र स्थानीय सरोकारवाला सबैको जिम्मेवारी भएको बताए । विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई माथि ल्याउन यो कार्यक्रम आएको जानकारी गराए ।

 

 

अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम उमाकुण्ड-४ का वडा अध्यक्ष मान बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुनुवारले स्कुलमा  बालबालिका कति आउछन् आउदैनन् त्यो कुरा अभिभावकमा ध्यान नगएको बताए । बालबालिकाको लागि वडा नम्बर ४ ले हरेक वर्ष यस्तै कार्यक्रम गरेपनि यो वर्षको कार्यक्रमले अझ सुधार ल्याउने बताए । अबको दिनमा शिक्षाको निम्ति राज्यले दिएको नीति र पद्धतिमा टिकेर काम गर्ने प्रतिवद्ध व्यक्त गरे ।

 

कार्यक्रममा ३ जना बालबालिका विद्यालय भर्ना भएका थिए । उनीहरुलाई स्टेशनरी सामान र झोला दिएर स्वागत गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका  प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि, विभिन्न राजनीति दलकाप्रतिनिधि, सरोकारवाला र अभिभावकहरुको उपस्थिति थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...