YouTube Link

अमेरिका, कम्बोडिया, न्युजिल्यान्ड र फ्रान्स पठाइदिने भन्दै तीन सयभन्दा बढीबाट १५ करोड ठग्ने गिरोहहरु पक्राउ

Facebook Link

 

काठमाडौं: वैदेशिक रोजगारीका लागि अमेरिका, कम्बोडिया, न्युजिल्यान्ड र फ्रान्स पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

 

उनीहरूले ३/४ वर्षदेखि ३०० भन्दा बढीलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए । पक्राउ पर्नेहरूमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन विक र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त रहेका छन् ।

 

पक्राउ पर्नेहरुले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसको सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए । उक्त जम्मा भएको रकम चेकमार्फत निकाल्न लगाएर उनीहरूले भने बमोजिमका व्यक्तिलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खातामा कारोबार गराएर ठगी गर्दै आएका थिए ।

 

यति मात्रै नभएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नवीन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दर्खास्त परेको थियो भने विकास राणा समेतको जाहेरीमा वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकेर अहिले कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजुकुमार बस्नेतले पनि ठगी सम्बन्धी कसुरमा जाहेरी गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...