YouTube Link

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा सुरु

Facebook Link

 

काठमाडौं: वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर शनिबारदेखि जात्रा सुरु भएको छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

 

वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुन्छ । भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।

 

तस्बिरः राजेश महर्जन

 

राजा नरेन्द्रदेव,  काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजु (बज्राचार्य), यःल अर्थात् ललितपुरका ललित ज्यापु भारतको आसाम, गई तान्त्रिकले मन्त्र गरेर मच्छिन्द्रनाथलाई भमरा बनाई अष्टमंगल कलशमा हाली रातो मच्छिन्द्रनाथलाई नेपालमा ल्याएका थिए । आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपछि नवनागलाई आशन बसेका गोरखनाथ गुरुको दर्शनका लागि उठेर जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ । नेपाल ल्याउने क्रममा राक्षस कुलमा जन्मेका सय जनामध्ये सबैभन्दा कान्छो मच्छिन्द्रनाथलाई नेपाल ल्याउन आमाले बाधा अवरोध गरी आफ्नो केश फिजाई बाटो रोकी राखेकोमा तान्त्रिकले मन्त्र गरेपछि मच्छिन्द्रनाथले विस्तारै केश हटाई निस्कने क्रममा एउटा केश पाउले छोएकोले मच्छिन्द्रनाथको पाउमा चोट लागेको भन्दै आजसम्म पाउमा चाँदीको बट्टाले छोप्ने गरेको पाइन्छ । यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथमा मात्र राखी यात्रा गर्ने परम्परा छ ।

 

तस्बिरः राजेश महर्जन

 

जात्रामा जात र सम्प्रदायको आधारमा कामको विभाजन गरिएको पाइन्छ । यसरी जात्रा सुरु हुनुअघि मच्छिन्द्रनाथको महास्नानपछि बाराही र वाःले रथ निर्माणको काम सुरु गर्ने गर्छन् । यसरी रथ जात्रा सञ्चालनका लागि धेरै समूह र गुठीहरु संलग्न भएपनि रथ निर्माणका लागि भने बाराहीले मात्र काम गर्ने गरेको पाईन्छ । रथमा रहेका अधिकांश काठको काम बाराहीले गर्छन् ।

 

तस्बिरः राजेश महर्जन

 

तस्बिरः राजेश महर्जन

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...